स्पेन एनआरएनको आफ्नै कार्यालय

12218827_1212333598793111_1166251659_o

स्पेन । स्पेनको बार्सिलोनामा दीपावली कप फुटबल प्रतियोगिता भएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले प्रतियोगिता गरेको हो । प्रतियोगिता उद्घाटन गर्दै गैर आवासीय नेपाली संघ, युरोप क्षेत्रीय संयोजक कुल आचार्यले स्पेनमा नेपालीका समस्या सम्वोधन गर्न संघ प्रयत्नशील रहेको बताए । उनले स्पेनमा दूतावास खोल्न पहल भइरहेको समेत उल्लेख गर्दै त्यहांका नेपालीहरुको एकताबाट आफू प्रभावित भएको बताए ।

यसैबीच, युरोप संयोजक आचार्यले संघको बार्सिलोनास्थित आफ्नै कार्यालय समेत उद्घाटन गरेका छन् । कार्यालय उद्घाटनमा अवसरमा एनआरएनए आइसीसी सदस्य एक राज गिरी, एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङलगायत स्पेनस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले मन्तव्य दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री