संघीय समाज रेडिङको अध्यक्षमा पुनः गुरुङ

लण्डन । नेपाली संघीय समाज युकेको रिडिङ शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले पुनः तिल बहादुर गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै ११ सदस्सिय समिति निर्माण गरेको छ । उपाध्यक्ष बलबहादुर राई, सचिव कुवेर हाडा, सदस्यहरु क्रमशः रामप्रसाद गुरुङ, रहरमान राई, भोज बहादुर गुरुङ, गंगाप्रसाद लिम्बु, छत्रबहादुर गुरुङ, बिन्द्रामान राई, आसबहादुर गुरुङ चयन हुनुभएको छ । कोषाध्यक्ष र बाँकी सदस्य पछि थप्ने जनाइएको छ । नयाँ समितिलाई निर्वाचन आयुक्त बालकृष्ण राईले सपथ गराउनु भएको थियो ।
यसबेला भारतले नाकाबन्दी गर्यो भन्नेले मधेस, थरुहट लगायत जनजाति आदोलनलाई सम्बोधन गर्न नेपाल सरकारलाई पनि दबाब दिनुपर्ने अन्यथा एमाले, काँग्रेस र एमाओवादीको षड्यन्त्रकारी मुद्दा मात्र बोकेको ठहर्ने प्रमुख अतिथि तथा पार्टी वैकल्पिक केन्द्रीय सदस्य भगवान चाम्लिङले बताउनु भयो ।
संघीय समाज युके समितिका अध्यक्ष धर्मबहादुर तामाङ, जंग सुनुवार, बालकृष्ण राई, कमलप्रसाद राई, दावा श्याङबो, दशरथ राई लगायतले मन्तब्य राख्नु भएको थियो । कोषाध्यक्ष रामप्रसाद गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संघीय समाज युके संघीय समाजवादी फोरम, नेपालको प्रवास अंग हो भने यस समाजको वार्षिक भेला यही २१ नोभेम्बर २०१५ मा हुने जनाइएको छ ।
राजु सुब्बा

प्रतिक्रिया

सम्बन्धित सामाग्री