गोर्खाली समाजले भूकम्प पीडितलाई राहत बांड्ने

लन्डन । गोर्खाली समाज यूकेले आफूले विभिन्न माध्यमबाट संकलन गरेको आर्थिक रकम भूकम्प पीडितलाई बांड्ने भएको छ । समाजले राहत कोष कहां कसरी प्रभावकारी ढंगले सदुपयोग गर्ने भन्नेबारे छलफल गर्न आगामी २८ नोभेम्बर शनिवार ब्लु अर्किड रेष्टुरेन्टमा बैठक डाकेको छ ।

समाजले चन्दा, च्यारिटी डिनर लगायत माध्यमबाट आर्थिक रकम संकलन गरेको हो । समाजले विशेषगरि रमक क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणमा लगाउने अध्यक्ष भरत रोकाले जनाए ।

भूकम्प लगत्तै समाजले पीडित जिल्लावासीलाई राहत दिन १७ जना युवालाई प्रभावित क्षेत्रमा परिचालन गरेको थियो जसको संयोजन नवीन गुरुंगले गरेका थिए ।
गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु बनाई गत बैशाख १२ गते आएको विनाशकारी भूकम्प र पटक पटकको पराकम्पनले जिल्लाका अधिकांश घर, विद्यालय, मठ मन्दिर, गुम्बा लगायत संरचना क्षतविक्षत पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री