लन्डनको पशुपतिनाथ मन्दिरमा लक्ष्मी पूजा र भैलो (भिडियोसहित)

Sequence 01.Still001

लन्डन । लन्डनको साउथ इष्टस्थित प्लमस्टिडमा रहेको पशुपतिनाथ मन्दिरमा बुधवारसांझ लक्ष्मी पूजा र भैलो कार्यक्रम सम्पन्न भएको छ ।

हिन्दू मन्दिर व्यवस्थापन समितिले धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरि लक्ष्मीपूजा मनाउनुका साथै भैलो आयोजना गरिएको जनाएको छ ।

पण्डित विनोद पन्थीले पूजाआजा गरेका थिए । साथै कलाकारहरु कृष्ण गैरे, तारा भट्टराई लगायतको नृत्य साथमा सामूहिक भैलो खेलिएको
सत्संग समितिका संयोजक गोकुल न्यौपानेले जनाए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालजंग अर्यालले नेपाली कला संस्कृतिको जगेर्ना र नयां पुस्ताबीच संस्कृतिको महत्व बुझाउन कार्यक्रम गरिएको जनाए । मन्दिर टष्टी विनोद ज्ञवाली, कमिटी सदस्य हरि पन्त, सरिता पौडेल लगायतले कार्यक्रम व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।

मन्दिर दर्शन गर्न पुगेका एनआरएनए यूके युवा संयोजक हरि आचार्यले लन्डनमा समेत यस खालको कार्यक्रमले नेपाली संस्कृति र परम्परा जिवन्त राख्न सघाउने जनाए ।

यसैबीच, बेलायतका अन्य विभिन्न शहरमा समेत देउसी भैलो कार्यक्रम आयोजना भइरहेका छन् । कात्तिक कृष्ण औंसीका दिन आजै घर वरपर सरसफाइ गरि सिंगारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैं बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहि आएको छ ।

भिडियो

प्रतिक्रिया

सम्बन्धित सामाग्री