जनताका दुःख हटाउन राष्ट्रपतिको आग्रह

1446118166024_RS-KTM-Sapatha-4

काठमाडौँ, २६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार, नेपाल संवत्को नयाँ वर्ष र छठका उपलक्ष्यमा आज राष्ट्रपति भवन, शीतल निवासमा स्वागत समारोह आयोजना गर्नुभयो ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख ओनसरी घर्तीका साथै व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, अन्य दलका अध्यक्ष तथा पदाधिकारी, पूर्वप्रधानमन्त्री लगायतको सहभागिता थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुक र जनताले भोगिरहेको वर्तमान दुःख र कठिनाइ हटाउनका लागि सबै दल र नेताहरुलाई मिलेर काम गर्न आग्रह गर्नुभएको राष्ट्रपति स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री