काँग्रेस र मधेसी मोर्चाबीचको वार्ता भाइटीकापछि

1441879217223_RoS- Ktm  4tal meeting with kamal thapa (4)

काठमाडौँ, २६ कात्तिक । नेपाली काँग्रेसले सीमा नाकामा देखिएका समस्या समाधानका लागि पहल गर्न आज गर्ने भनिएको वार्ता मधेसवादी दलका नेता राजधानी बाहिर रहेकाले तिहारपछि सरेको छ ।

बुधबार एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा भएको छलफलमा काँग्रेस नेताहरुले संविधान संशोधन गरेर तत्काल मधेसी मोर्चाको माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

छलफलका क्रममा काँग्रेसको मध्यस्थतामा मधेसवादी नेतासँग वार्ता प्रक्रिया अगाडि बढाई समस्या समाधान गर्ने सहमति भएअनुरुप आज वार्ताको मिति तय भएको थियो ।

काँग्रेसले मङ्गलबार मोर्चाका नेतासँग पनि छुट्टाछुट्टै भेट गरी आपूर्ति व्यवस्थामा देखिएको असहज अवस्था तत्काल अन्त्य गर्न वार्तामार्फत पहल गनुपर्ने धारणा राखेको थियो । काँग्रेसले आज मधेसी मोर्चासँग छुट्टै छलफल गरी एमाओवादीलाईसमेत सहभागी गराएर वार्तामा बस्ने सहमति भएकामा वार्ताको तिथि सरेको हो ।

“मधेसवादी दलका नेता तिहार मनाउन काठमाडौँ बाहिर गएकाले आज वार्ता हुन सकेन, अब भाइटीकालगत्तै वार्ता हुन्छ, वार्ताबाटै समस्याको समाधान खोजिनेछ”– रासससँग कुरा गर्दै काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री