पर्वत समाज जापानको अधिवेशन

parbat samaj

जापान । जापानमा बसोबास गर्ने पर्वतबासीहरुको संस्था पर्वत समाज जापानको दोस्रो अधिवेशन नोभेम्बर २२ मा टोकियोमा सम्पन्न भएको छ ।

टोकियोको योकोहामामा सम्पन्न अधिवेशनले आगामी २ बर्षका लागि इश्वर जोशीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिको गठन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा संजय रिजाल र कृष्ण गौडेल, महासचिवमा जनक सुवेदी, सचिवमा हरि पराजुली, कोषाध्यक्षमा बसन्तकुमार जोशी चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि समाजका सल्लाहकार महेशकुमार श्रेष्ठले समाजको आवश्यकता र पर्वत समाज जापानले खेल्न सक्ने भूमिकाबारे बोल्नु भएको थियो । त्यसैगरि नवनिर्वाचित अध्यक्ष जोशीले आफु जस्तोसुकै परिस्थितिमा पनि जापानमा रहेका पर्वतबासीहरुको सेवाका लागि क्रियाशिल रहने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

अधिवेशनले विधान समितिद्धारा प्रस्तुत पर्वत समाज जापानको विधान संशोधनसहित पारित गरेको छ । कार्यक्रममा कार्यसमितिको तर्फबाट बसन्तकुमार जोशीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री