क्रिकेट प्रशिक्षक दासाानायकेलाई राखेपको बिदाई

12316653_10207373903658599_2864925668796388123_n

काठमाडौँ, ११ मङ्सिर । नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक पुवुदु दासानायकेलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बिदाइ गरेको छ ।

राखेपमा आज आयोजित कार्यक्रममा उहाँलाई बिदाई गर्दै राखेपका सदस्यसचिव केशवकुमार विष्टले नेपाली क्रिकेट विकास, सफलता र खेलाडी उत्पादनमा दासानायकेको योगदानको प्रशंसा गर्दै उहाँको योगदानको नेपाल सरकार, राखेप र समस्त खेल क्षेत्रले सदा स्मरण गरिरहने बताउनुभयो ।

प्रशिक्षक दासानायकेले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको भन्दै नेपाली खेलाडीमा भएको खेल भावनाले एक दिन नेपाली क्रिकेटलाई उच्च विन्दुमा पु¥याउन सक्ने बताउनुभयो ।

सन् २०११ को सेप्टेम्बरदेखि नेपाली क्रिकेट टोलीको प्रशिक्षक भएर करिब चार वर्ष यहाँ बिताउनुभएका दासानायकेको नेपाली क्रिकेटको विकासमा विशेष योगदान छ ।

उहाँकै नेतृत्वमा नेपाली टोलीले बङ्गलादेशमा पहिलोपटक टि–ट्वेन्टी विश्वकपसमेत खेल्ने अवसर प्राप्त गरेको थियो । साथै, नेपालले उहाँकै प्रशिक्षक डिभिजन –४ बाट उक्लेर डिभिजन –१ सम्मको यात्रा तय गर्न सफल भएको थियो ।

दासानायकेको करार अवधि डिसेम्बरसम्म रहेको भएपनि विभिन्न कारण देखाउँदै उहाँले केही समयअघि राजीनामा दिनुभएको थियो । उहाँ शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

थाइल्यान्डमा रुजेशलाई रजत 

थाइल्यान्डको बैंककमा जारी सातौं विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालका रुजेश शाहीले रजत पदक जितेका छन् ।

रुजेशले आज प्रतिस्पर्धा गरेको पुरुषतर्फको ५५ केजी तौल समूहमा रजत जितेका हुन् । नौ राष्ट्रका खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा भारतका खेलाडी पहिलो र चीनका तेस्रो भए ।

नेपाली शारीरिक सुगठनको इतिहासमा नेपालका लागि यो नै अहिलैसम्मकै ठूलो उपलब्धि भएको राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जनाएको छ । यसअघि भारतमा भएको यसको दोस्रो संस्करणमा नेपालका श्याम श्रेष्ठले काँस्य पदक जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री