युएइमा रनु जबेगुकाे ‘ट्रायल’

albom cover

युएइ । रोजगारी गर्न विदेसिएका नेपाली संगीतको विकासका लागि धेरै प्रयासहरु भइरहेका छन् । काम र दामको खोजीमा देशबाट टाढा भए पनि राम्रा  गीतसंगीत तथा रचनाका कारण नेपाली सांगीतिक क्षेत्रलाई प्रवासी नेपालीहरुले योगदान पुर्याइरहेका छन् । लोकगीतको क्षेत्रमा त असंख्य नेपाली कलापारखीहरुले एल्बम निकाल्नेदेखि म्युजिक भिडियो बनाउने काम गरिरहेका छन् । पपगीत, आधुनिक र डिजे साथै र्यापको आदि क्षेत्रमा पनि नेपाली संगीत पारखीहरु दिनानुदिन उत्कृष्ट सिर्जनाका साथ देखापरिरहेका छन् ।

पछिल्लो समयमा उत्कृष्ट म्युजिक भिडियो पनि विदेशबाट बन्न थालेका छन् । अधिकांश म्युजिक भिडियो त सिकारुहरुले पनि सार्वजनिक गरिरहेका छन् तर पछिल्लो समयमा म्युजिक भिडियो निर्माणकै लागि नेपालबाटै प्रोफेसनल म्युजिक भिडियो डाइरेक्टरहरु यूएई आएर काम गर्न थालेका छन् ।

उत्कृष्ट म्युजिक भिडियो बन्ने क्रममा पछिल्लोपटक यूएईको नेपाली संगीतमा गायक रनु जबेगु राम्रो सम्भावनाका साथ देखापरेका छन् ।

झापा पाँचगाछीका रुनु विगत सात वर्षदेखि यूएईमा छन् । गीतसंगीतमा गहिरो रुचि भएका रुनुले धेरै लामो अभ्यास र प्रयासपछि पहिलो एल्बम ट्रायल लिएर नेपाली सांगीतिक क्षेत्रमा आउँदै छन् । उक्त एल्बममा आधुनिक, पप र लोकपप गरी सात वटा गीत रहने उनले बताए ।

त्यही एल्बमको एक गीतको अडियो तथा भिडियो सार्वजनिक गरेका रनु ट्रायलको पहिलो रेस्पोन्सले नयाँ उत्साह थपिएको बताउँछन् ।

आउ मेरो…बोलको उक्त गीतको रचना सुन्दर लावतीले गरेका हुन् भने संगीत ताराप्रकाश लिम्बूले गरेका हुन् । सोही गीतको म्युजिक भिडियोमा नेपाली सिने जगत्का पछिल्लो प्रविधि कलरिस्ट टेकेन्द्र शाहले निकै मिहिनेतका साथ भिडियो सिँगार्ने काम गरेका छन् । प्रविन खालिङको एरेन्जमा बनेको अडियोको भिडियोलाई विजय सुब्बाले निर्देशनका साथ क्यामरा र सम्पादन समेत गरेका छन् । भिडियोमा गायक स्वयमलाई साथ दिएकी छिन् प्रश्ना लामाले । प्रश्नाको प्रस्तुति कुनै प्रोफेसनल मोडलभन्दा कम छैन । दुबईका रमणीय स्थानमा सुट गरिएको भिडियो हेर्नलायक बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री