प्रधानमन्त्री क्यामरुनले दिए नेपाली प्रतिनिधिमण्डललाई भेट्ने समय

तस्विरः दि टेलिग्राफ

तस्विरः दि टेलिग्राफ

लन्डन । प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपाल लैजान प्रयास गरिरहेको नेपाली प्रतिनिधिमण्डल सोमबार टेन डाउनिङ स्ट्रिट जाने भएको छ । क्यामरुनले सोमबार दिउसो एकबजे समय दिएको कार्यक्रम संयोजन गरिरहेका राजाराम गिरीले जानकारी दिए ।

सुरक्षाका कारण प्रतिनिधिमण्डलमा बेलायतस्थित नेपाली डायस्पोराका तर्फबाट ५ जनामात्र डाउनिङ स्ट्रिट जाने तय भएको छ । जसमा व्यवसायी गिरीसहित गैर आवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्ष योगेन क्षेत्री, तमुधिं यूके पूर्व अध्यक्ष सुवसिं गुरुङ, यती नेपाली एसोसिएसन यूके अध्यक्ष उमेशराज मोक्तान र नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठ जाने भएका छन् । क्यामरुनलाई भेटेर भ्रमणको औपचारिक निम्तो दिइनेछ ।

‘कुनै अप्रत्यासित घट्ना नभए क्यामरुनलाई नै भेट्ने निश्चित छ’, गिरीले भने ।

डाउनिङ स्ट्रिट जानुअघि बिहान उक्त प्रतिनिधिमण्डलले बेलायती सांसद एवं सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष वीरेन्द्र शर्मासंग छलफलको कार्यक्रम समेत राखेको छ ।

बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ मनाइरहंदा बेलायती प्रधानमन्त्रीको अहिलेसम्म भ्रमण भएको छैन् । क्यामरुनलाई नेपाल सरकारले भ्रमणको औपचारिक निम्तो दिएपनि नेपाली डायस्पोराका तर्फबाट समेत बेग्लै आग्रह गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री