अख्तियारद्धारा वैदेशिक रोजगार विभागमा छापा

CIAA Nepal

काठमाडौँ, १५ माघ । वैदेशिक रोजगारीमा जान चाहने युवाको काममा लापर्बाही गरेको र घुस लिएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज वैदेशिक रोजगार विभागमा छापा मारेको छ ।

सेवाग्राहीलाई दुःख दिएको, श्रम स्वीकृतिलगायतमा व्यवधान गरेको र घुस लिएको उजुरी परेपछि आयोगले छापा मारेको हो ।

नागरिकको गुनासोका आधारमा छापा मारिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार छापा मार्दा महानिर्देशक केदार बोगटीसहित १३ जना अधिकृतसमेत गयल रहेको पाइएको छ । यस्तै एक दर्जनभन्दा बढी नायब सुब्बा र खरिदार तथा श्रेणीविहीन कर्मचारी गयलमा रहेको पाइएको हो ।

सेवाग्राहीले दिएको उजुरीका आधारमा छापा मारिएको र विभागका सम्बन्धमा प्राप्त भएको उजुरीमाथि छानबिन भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री