इजरायल जान सय जनाको आवेदन छनोट

custom-tours_israel-palestine1-1280x720

काठमाडौँ, १५ माघ । इजरायलका केयरगिभरका रुपमा रोजगारीमा जान पहिलो चरणमा १०० जना आवेदक परीक्षार्थीका रुपमा चिट्ठा प्रणालीबाट छनोट गरिएको छ ।

वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै छनोटमा परेको आवेदकको माघ १९ गते मनमोहन मेमोरियल कलेज सोह्रखुटेमा परीक्षा हुने जनाएको छ ।

परीक्षा दिन आउँदा राहदानी र नागरिकताको सक्कली प्रमाणपत्र लिएर उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।

सरकारबाट अधिकारप्राप्त निकायबाट परीक्षा हुन लागेकाले परीक्षा स्वच्छ, पारदर्शी एवम् निष्पक्ष हुने र कुनै असान्दर्भिक व्यक्ति, संस्था, निकायसँग आर्थिक कारोबार नराख्न विभागले परीक्षार्थीलाई ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री