मोर्चाको मागप्रति सरकार गम्भीर भएन ः अध्यक्ष ठाकुर

तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर

तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर

लुम्बिनी (रुपन्देही), २० फागुन । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी दलहरुले उठाएको माग सम्बोधन गर्ने तर्फ सरकार गम्भीर नभएको बताउन भएको छ ।

पार्टीको भैरहवामा सम्पन्न बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले मधेसी मोर्चाले बन्द, हडताल र नाकाबन्दीलगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिए पनि आफूहरुको आन्दोलन भने नरोकिएको बताउनुभयो ।

उहाँले सरकारसँग विभिन्न चरणमा भएका वार्ता तथा सम्वाद सरकारकै कारण अर्धहीन भएको उल्लेख गर्दै अबको वार्ता सार्थक र उपलब्धिमूलक हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेस त्रिपाठीले मधेस आन्दोलनमा घाइते सबैलाई सरकारले उपचारलगायतका सुविधा दिने बताए पनि पीडितले उपचार नपाएको गुनासो गर्नुभयो ।
उहाँले सरकार नागरिकका समस्या समाधान गर्न तर्फ लाग्नु भन्दा पनि आफूलाई कसरी सत्तामा टिकाइ राख्ने खेलमा लागेको आरोप लगाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री