शम्भु राईकाे एकल साँस्कृतिक साँझ केन्टमा

img_3698

केन्ट । लाेकप्रिय गायक शम्भु राईको एकल सांस्कृतिक कार्यक्रम यही मार्च २६ तारिखका दिन फाेल्कस्नमा हुने भएकाे छ ।

फोल्कस्टोनको हकिन्स कम्युनिटी  सेन्टरमा हुने साे कार्यक्रमकाे सबै तयारी पूरा भइसकेकाे अायाेजकले जानकारी दिएका छन् ।
कार्यक्रममा गायक राईले  नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्ने छन् ।  ‘यो मेरो बेलायतमा पहिलाे एकल कार्यक्रम हुनेछ यसले जीवनमा अर्को खुसी मिलेको छ ‘, गायक राईले भने । नेपालमा नचाउन नपाएका दर्शक तथा श्रोताहरुलाई यसपटक धित मरुन्जेल नचाउने बाचा उनले गरे ।
आलुदम चना, चलेछ बतास सुस्तरी, चिट्ठी तिमिलाई, मोहनी भाकाले  जस्ता संयौ गीतहरु एकैचोटी सुन्न र झुम्न पाइने यो सांस्कृतिक कार्यक्रम हेर्न दर्शकहरू लन्डन, फान्ब्रोदेखि समेत आउने आयोजकले बताएका छन् । अघिल्ला पुस्तामाझ लोकप्रिय गायक राई नयाँ पुस्ताबीच पनि उतिकै परिचित र मनपराइएका गायक हुन् |

आयोजकहरुले पैसा कमाउनको निम्ती कार्यक्रम आयोजना नगरिएको जानकारी दिंदै कलाकारको सम्मान र नेपाली सँगीतको संरक्षणको निम्ती कार्यक्रम आयोजना गरिएको भएकाले सक्दो न्युनतम टिकट शुल्क तोकिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री