युकेमा मागी विवाह

तस्वीर धन कुँवर र अाेमकार गुरूङकाे साैजन्यबाट

तस्वीर धन कुँवर र अाेमकार गुरूङकाे साैजन्यबाट

लण्डन । नेपालमै मागी विवाहलाई प्रेम विवाहले विस्थापित गर्दै जाँदा युकेका नेपालीमा भने अझै मागी विवाह कायम छ ।
नेपाली सँस्कारको एक अंगका रुपमा रहेको मागी विवाहलाई बेलायतमा बस्दै आएका सुश्री प्रमिला सिंह कुँवर र प्रकाश थापाले निरन्तरता दिएका छन् ।
रानीपानी पर्वत पुख्र्यौली घर भएका कुँवर र पोखराका थापाबीच केन्टमा सो विवाह सम्पन्न भएको हो ।
विवाह हिन्दू परम्परा, रीतिअनुसार सम्पन्न भएको थियो । धौलागिरी नौमती बाजाले पञ्चै बाजा रन्काउँदा विवाहको रौनक अझै नेपालीमय बनेको थियो ।
विवाहमा उपस्थित श्याम राईले नेपालीबीचमा एक अर्काको रीतिरिवाजलाई बुझ्ने आपसी समझदारी र सम्मान हुनुपर्ने बताए । यसो भएमा मात्र सामाजिक सहिष्णुता कायम हुने उनले थपे ।
बेलायतको स्थानीय काउन्सिलमा उपमेयर रहेका डा. जगन्नाथ शर्माले नेपालीहरुले आफ्नो सँस्कृतिप्रति गौरव गर्नुपर्ने बताए । नेपालको साँस्कृतिक विविधतालाई सम्पत्ति मान्नपर्ने र एकले अर्काको सँस्कृतिप्रति सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।
विवाहमा सरिक हुन दुलाका मातापिता र दुलहीका हजुरआमा नेपालबाट बेलायत आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री