‘मेजर पेन्सन खाउली’ हेर्न भीड

तस्वीर मिलन तमु

तस्वीर मिलन तमु

लण्डन । बेलायतमा नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसटस्थित किँग्स सेन्टर छिर्ने दुवैतर्फका बाटाहरुमा शनिबार साँझ मानिसका लामा लामा लाइन थिए । अरु बेला हलभित्रै रहने सेन्टरका स्टाफहरु लामवद्ध मानिसहरु र ओहोरहोदोर गर्ने गाडीहरुलाई संकेत गरिरहका देखिन्थे ।
यो भीडभाड त्यहाँ प्रदर्शन हुँदै गरेको ‘मेजर पेन्सन खाउली’ नामक नेपाली चलचित्र हेर्नका लागि थियो ।
हलभित्र पनि उस्तै खचाखच थियो । नेपाली चलचित्रका लागि युकेमा शायदै यस्तो भीड हुन्थ्यो । दर्शकहरुले करिडोरको सिँढीमा बसेर र उभिएरै पनि चलचित्र हेरे ।
चलचित्रका निर्माता दुतबहादुर पुनले भने, “हामीले ६÷७ सय दर्शक आउने आशा गरेका थियौँ । तर १ हजार ३०० जति आएपछि दुई सो गर्न बाध्य भयौँ ।”
दुतबहादुर पुन, जमुना पुन र गोरे गुरुङले निर्माण गरेको र गोरे गुरुङको निर्देशन रहेको सो चलचित्रमा बेलायत आएका पेन्सनर भूतपूर्व गोरखा सैनिकको जीवनकथा देखाइएको छ ।
दुतबहादुर पुनको कथा र गीत रहेको सो चलचित्रको पटकथा सम्वाद गोरे गुरुङले लेखेका छन् । चलचित्रमा गोरे गुरुङ, रन्जिता गुरुङ, कृष्ण गुरुङ, निशा गुरुङ, थमानसिंह आले, जीत गुरुङलगायतको अभिनय रहेको छ । शीलाबहादुर मोक्तान र बीबी अनुरागीले संगीत दिएका छन् भने खड्क गर्बुजा, मीना गर्बुजा, रामजी खाँड र विष्णु माझीको गीतमा श्वर दिएका छन् ।
युके र नेपालमा छायाँकन गरिएको सो चलचित्र निर्माणको खर्च उठ्ने विश्वास निर्माताले लिएका छन् । युकेका अन्य भाग र बेलायतबाहिर पनि चलचित्र प्रदर्शन गरिने जानकारी निर्माता पुनले दिए । दर्शकहरूकाे प्रतिक्रियाबाट हाैसिएका पुन फिल्ममा लगानी गरेकाेमा अात्मसन्तु्ष्टी मिलेकाे बताउँछन ।
BPS20032016_0001

प्रतिक्रिया

सम्बन्धित सामाग्री