‘बीर बिक्रम’को युके प्रिमियर शाेमा नायक दयाहांग राईको क्रेज

तस्वीर राम राई

तस्वीर राम राई

लण्डन । युवा निर्देशक मिलन चाम्स निर्देशित ‘बीर बिक्रम’ को युके रेड कार्पेट प्रिमियर शाे शनिबार अल्डरसटकाे प्रिन्सेस हलमा सम्पन्न भयो।

अहिलेका चर्चित र लोकप्रिय नायक दयाहांग राईको उपस्थिति रहेको रेड कार्पेटमा नायक राईको क्रेज स्पष्ट देखिन्थ्यो। अत्यन्तै उत्साहित दर्शकहरुको भिडले नायक दयाहांग राई, नायिका दिया पुन, कलाकार रुपा पुन र बिबेक लिम्बु सहित नेपालबाट आउनुभएका संचारकर्मी नरेश भट्टराईलगायतका निर्माण युनिट सवार लिमोजिन कारको प्रतीक्षामा प्रिन्सेस हल बाहिर डेढघण्टा कुरेकाे थियाे ।

ठूलो संख्यामा दर्शकहरु ओईरिएले कार्यक्रम ब्यबस्थापनमा समेत असर पारेका थियाे। कार्यक्रम आयोजक र हल संचालकबीच भएको सम्झौतामा अनुमानितभन्दा अत्यन्तै बढी दर्शकहरुको उपस्थितिपछि व्यवस्थापनमा समस्या भएकाे थियो।
रेड कार्पेटसहित साजसज्जा गरेर सिङ्गारिएको प्रिन्सेस हल अगाडि सेतो लिमोजिन रोकिने बित्तिकै कलाकारहरुको प्रतीक्षा गरिरहेका दर्शकहरुको सिठ्ठी र हुटिङ अल्डरसट थर्किएको थियो।

लिमोजिनको ढोका खुलेपछि मन्द मुस्कानसहित नायिका दिया पुन र नायक दयाहांग राई बाहिर निस्किएका थिए । रेड कार्पेट दाँयाबाँया उभिएका दर्शकहरुको स्वागत र तालीलाई अभिवादन गर्दै रेड कार्पेटको बाटो हुँदै कलाकारहरु रिसेप्सन हल प्रवेश गरेपछि संचारकर्मी नरेश भट्टराईले कलाकार, निर्देशक र चलचित्रका बारेमा छोटो प्रकाश पार्दै निर्देशकलाई स्याम्पेन फोरेर खुशी बाँड्न आग्रह गरे पश्चात निर्देशक मिलन चाम्सले स्याम्पेन फोरे। गोल्ड कार्ड होल्डर दर्शकहरुले कलाकारहरुसंगै स्याम्पेन पिएपछि हल प्रवेशसंगै औपचारिक कार्यक्रममा निर्माण सहयोगी कलाकार र अन्यलाई धन्यवादसहित मायाको चिनो हस्तान्तरण गरियो।
नायक दयाहांग राईसहित कलाकारहरुसंग फोटो खिच्न चाहने दर्शकहरुका भिडका कारण भनेको समयमा कार्यक्रम शुरु हुन नसक्दा कतिपय दर्शकहरु फिल्म तुरुन्त हेर्न पाउनु पर्ने माग गरेपछि कतिपय कार्यक्रमलाई रद्द गरी चलचित्र देखाउनु परेको थियो ।
मध्यान्तरको विश्राममा निर्देशक मिलन चाम्सलाई बधाईको ओईरो लागेको थियो भने कलाकारहरु प्रस्तुतिको प्रशंसा सुनियो।
‘मैले त आँशु रोक्नै सकिनँ, अनि रोएँ, क्षणमै हँसाउने अनि रुवाउने कस्तो राम्रो फिलिम रहेछ’, एकजना महिला दर्शक आफ्नो प्रतिक्रिया सुनाउंदै थिइन् ।
‘म पनि रोएँ, हा.. हा… हा,  आफ्नो आफ्नो साथीसंग यस्तै कुराकानी सुनिन्थ्यो।
‘म आजसम्म कहिले कुनै चलचित्र पूरा समय बसेर हेरेको थिइनँ पहिलो पटक मैले फिल्म पूरा हुन्जेल बसेर हेरेको रेकर्ड बन्यो ‘बीर बिक्रम’ अर्का सहभागीले आफूलाई फिल्म मनपरेको उदाहरण पेश गरिन्।
‘अत्यन्तै उत्कृष्ट फिल्म बनेको छ सप्पैले हेर्न पाए राम्रो हुने थियो’ अर्का दर्शकको कुरा सुनियो।
चलचित्रले  जागरुक र सजग बन्नु पर्ने शिक्षा दिन्छ, सामाजिक कुरीति, अन्धविश्वास हटाउनु पर्छ भन्ने सिकाउँछ ।
प्रिमियर शो पछि नायक राईले आफूलाई संसारकै भाग्यमानी मान्छे हो जस्तो अनुभूति भएको प्रतिक्रिया दिए। उनले भावुक हुँदै ‘यत्रो माया सम्मान अनि साथ पाउँछु भन्ने लागेको थिएन, नेपाल र नेपाली दर्शक दाजुभाइ दिदी बहिनीहरुको यो अगाध माया र स्नेहको ऋणको भारी बोकेको छु, सकेसम्म जानेको कला देखाएर ऋण तिर्नेछु’, भन्ने बाचा गरे।
नायिका पुनले आफूले अहिलेसम्म यत्रो सहभागिता भएकाे कार्यक्रममा नदेखेको सुनाउंदै जुन माया र साथ प्राप्त भयो त्यसप्रति अाफू आभारी रहेको बताइन् ।
निर्देशक मिलन चाम्सले यति बिघ्न माया साथ र सहभागिता पाउनु आफ्नो मात्रै नभई समग्र नेपाली चलचित्रप्रतिको सकारात्मक संदेश भएकाे भन्दै आफू योभन्दा धेरै खुशी कहिल्यै नभएको सुनाए।

तस्वीर राम राई

कलाकारकाे पर्खाइमा दर्शकहरू तस्वीर राम राई

प्रतिक्रिया

सम्बन्धित सामाग्री