पोर्चुगलका चर्चित नेपाली सेफ अन्तर्राष्ट्रिय अवार्डको अन्तिम छनोटमा

Tanka

लन्डन । पोर्चुगलका एकजना चर्चित नेपाली सेफ अन्तर्राष्ट्रिय अवार्डको अन्तिम छनोटमा परेका छन् । इटालियन खानाका सेफ एवं व्यवसायी टंक सापकोटा अन्तर्राष्ट्रिय अवार्ड ‘आरेस्प २०१६’ को सृजनशील व्यवसायी विद्याको अन्तिम छनौटमा परेका हुन् । पोर्चुगल भरिका उत्कृष्ट ७ जना ब्यवसायी मध्येबाट उनी छानिएका हुन् । उक्त अवार्डको अन्तिम निर्णय (जित) अनलाइन भोटिङ प्रक्रियाद्वारा हुने र यो अप्रिल ३० तारिखसम्म खुल्ला रहने भएकाले सापकोटाले आफूलाई समय सिमाभित्र अनलाइन मत दिन सबैमा अपिल गरेका छन् ।

सापकोटालाई मत दिन http://www.premiosahresp.pt/votacao-2016/  मा गएर आफ्नो नाम र इमेल टाइप गर्नुपर्नेछ । त्यसपछि ५ औं विद्यामा गएर सेफ टंक सापकोटामा क्लिक गरि अन्त्यमा भोटारमा क्लिक गर्नुपर्नेछ । भोट विधिवत हुन सबै विद्यामा एक एक जना छान्नु पर्ने सापकोटाले जनाए । समस्त नेपालीको साथ रहे आफू युरोपकै उत्कृष्ट सिर्जनशील व्यवसायी अवार्ड आरेस्प २०१६ बाट सम्मानित हुने आशा सापकोटालाई छ । समाजसेवामा समेत संलग्न सापकोटालाई जिताउन पोर्चुगलवासी नेपालीले अभियान नै शुरु गरेका छन् ।

इटालियन खानामा दक्ष मानिने सापकोटाले यसअघि दर्जनौं राष्ट्रिय अन्तर्राष्ट्रिय पुरुस्कार जितिसकेका छन् । झन्डै डेढ दर्जन भन्दा अधिक राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल सापकोटाले तीनवटा अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गरिसकेका छन् ।

करिब २० वर्ष अघि देखि पोर्चुगलमा बस्दै आएका बाग्लुङ स्थायी घर भएका सापकोटाको लिस्बोनमा आफ्नै कोमो प्रिमा रेष्टुरेन्ट छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री