
लन्डन । पासा पुचः गुथि यूकेले अंग्रेजी सबटाइटलका साथ नेपाल भाषा र नेपाली भाषामा निर्माण भईरहेको नेपालको पहिलो एनिमेशन चलचित्र ’शंखधरको कथा’ (दि लिजेन्ड अफ शंखधर) को संगीत विमोचन गरेको छ ।
संयुक्त श्रेष्ठद्वारा रचिएको गीतको सी.डी.को सामूहिक विमोचन गुथिका लन्डन शाखा अध्यक्ष कपिल श्रेष्ठ, पूर्वाध्यक्ष तथा सल्लाहकार डा. सचेतन तुलाधर, गुथिका दक्षिणपूर्व शाखाका अध्यक्ष चुत्र बहादुर श्रेष्ठ, गुथिका बोर्ड अफ् ट्रस्टीज उपाध्यक्ष कुमार श्रेष्ठ र महासचिव शिवजी श्रेष्ठद्वारा गरिएको थियो ।
गुथिले संयुक्त अधिराज्यमा आउंदो नेपाल संवत् नयां वर्ष ११३७ मा यस चलचित्र रिलिज गर्ने योजना बनाएको छ ।
कार्यक्रमको थालनीमा योजना प्रमुख र गुथिका उपाध्यक्ष ओजेश सिंहले चलचित्रको परिचय दिंदै नेपाली संस्कृति र सम्पदालाई यसले अगाडि डोर्याएर लानसक्ने बताए ।
चलचित्रको पछिल्ला उपलब्धिबारे बताउंदै यन्त्रकला स्टुडियोज्को तर्फबाट निर्माता र निर्देशक संयुक्त श्रेष्ठले अमेरिकामा आयोजित दोश्रो विश्व नेवाः सम्मेलनमा यसको टीजरले न्यानो माया पाएको र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको तर्फबाट यस वर्षको राष्ट्रिय कला प्रदर्शनीमा सिर्जनात्मक कलातर्फ विशेष पुरस्कार प्राप्त गरेको अवगत गराए । चलचित्रलाई आजको स्थितिसम्म पुर्याउन ठूलो भूमिका खेलेको भन्दै उनले संगीत टोलीको प्रशंसा गरे ।
एक ऐतिहासिक कालखण्डको संगीतलाई पुनस्थापना गर्दाका चुनौतीबारे प्रकाश पार्दै संगीत निर्देशक विश्व शाहीले यसमा प्रयोग गरिएका परम्परागत बाजाहरू र हजार वर्ष अगाडिको समयलाई प्रतिनिधित्व गर्ने उपयुक्त पाश्र्व ध्वनीको चयन सबैभन्दा कठिन भएको बताए ।
संगीत उपनिर्देशक गंगा थापाले गीतका बोलहरू श्रोतामाझ प्रत्यक्ष गुनगुनाए भने गायिका निशा देशारको मौलिक स्वर रहेको यस चलचित्रको गीत सबैले सुन्ने मौका पनि पाए । कार्यक्रम समापन गर्ने क्रममा कपिल श्रेष्ठले संगीत समूहलाई शुभकामना व्यक्त गर्दै सफलताको कामना गरे ।
चलचित्रको गीत तलको लिंकमा क्लिक गरेर सुन्न सकिन्छ
http://www.yantrakala.com/tls-song/
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
बेलायतमा ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित