लन्डन । पहिलो एनिमेटेड नेपाली फिचर फिल्मको म्यूजिक भिडियो एकै समयमा तीन देशबाट सार्वजनिक भएको छ ।
अंग्रेजी सबटाइटलका साथ नेपाल भाषा र नेपाली भाषामा निर्माण भइरहेको पहिलो एनिमेटेड चलचित्र ‘शंखधरको कथा’ (दि लिजेन्ड अफ शंखधर) को म्यूजिक भिडियो आइतबार यूके, अमेरिका र नेपालबाट सार्वजनिक गरिएको हो ।
म्यूजिक भिडियो नेपालमा माइक्रोसफ्ट इनोभेसन सेन्टर, लन्डनमा किङ्स कलेज र वासिङटन डिसीमा आर्लिङटन सेन्ट्रल लाइब्रेरीमा विमोचन भएको फिल्म निर्माण पक्षले जनाएको छ । नेपालमा चलचित्र निर्देशक संयुक्त श्रेष्ठका पिता शम्भु श्रेष्ठले भिडियो सार्वजनिक गरेका थिए । उक्त अवसरमा शताव्दी पुरुष डा. सत्यमोहन जोशीले फिल्म बनाउन क्रियाशिल बेलायतवासी नेपालीलाई शुभकामना दिंदै फिल्मले नेपाली कला तथा सांस्कृतिक पक्षमा पार्ने प्रभावबारे प्रकाश पारे ।
उक्त समारोहमा नरेश वीर शाक्य, एलान बैलोचन तुलाधर, नियुक्त श्रेष्ठ, मदनदास श्रेष्ठ, दर्शनवीर शाक्य, रमेशकुमार श्रेष्ठ, निशा देसार, निर्देशक रत्नकाजी महर्जन, पुष्कर माथेमा, श्यामकृष्ण मानन्धर, हरिकृष्ण श्रेष्ठ, पवित्रा कासा र जुजुकाजी रन्जितले शुभकामना दिए भने निर्देशक श्रेष्ठले लाइभ भिडियोबाट अन्तरक्रिया गरेका थिए ।
अमेरिकामा नेवा अर्गनाइजेशन अफ अमेरिका र यूकेमा पासा पुचः गुथि यूकेले एक कार्यक्रमबीच भिडियो सार्वजनिक गरेका थिए । यूकेको विमोचन समारोहमा गुथिका बोर्ड अफ् ट्रस्टीज अध्यक्ष महन्त श्रेष्ठ, शशी महाजु र प्राध्यापक डेभिड गेल्नरले फिल्मले नेपाली कला, संस्कृतिको जगेर्नासंगै यसले स्थानीय समुदायमा एकता र सद्भाव फैलाउने आशा समेत व्यक्त गरे । कार्यक्रममा अति पुरानो नेवा संस्था च्वसा पासाका सत्यभामा माथेमा र शशी मानन्धरको पनि उपस्थिति थियो ।
डिसीको विमोचन समारोहमा नेवा अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष राम श्रेष्ठ, सचिव पुष्कर प्रजापति र संस्थापक सदस्य हरिमान श्रेष्ठले बोलेका थिए भने निर्देशक श्रेष्ठले भिडियोबाट अन्तरक्रिया गरेका थिए ।
उक्त फिल्मको लेखन, निर्देशन र निर्माण संयुक्त श्रेष्ठले गरेका छन् । फिल्म निर्माण टिममा श्रेष्ठसहित अन्जना श्रेष्ठ, नियुक्त श्रेष्ठ, विज्ञान प्रजापति र प्रन्जल कक्षपति पनि छन् । संयुक्त श्रेष्ठले रचेको गीतमा म्यूजिक भिडियो बनाइएको हो जसमा निशा देसारको स्वर, विश्व शाही र गंगा थापाको संगीत अनि सुनिता राजभण्डारी जुनुको नृत्य निर्देशन छ । सुभाषराम प्रजापति र सुनिता जुनुले नेपाल भाषाको वीज्ञका रुपमा काम गरेका छन् ।
म्यूजिक भिडियोको विश्वव्यापी सार्वजनिकीकरणको डिजाइन इम्प्याक्ट प्रोडक्सन्स् नेपालका आलोक सिद्धि तुलाधर, यूकेबाट गुथिका उपाध्यक्ष ओजेश सिंह र अमेरिकाबाट डा. रोशनलाल श्रेष्ठ र पुष्कर प्रजापतिले गरेका हुन् ।
पासा पुचः गुथि यूकेले संयुक्त अधिराज्यमा आउंदो नेपाल संवत् नयां वर्ष ११३७ (नोभेम्बर, ०१६) मा यस चलचित्र रिलिज गर्ने योजना बनाएको छ ।
म्यूजिक भिडियो हेर्नुहोस्ः
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
इरान र अमेरिका–इजरायली द्वन्द्व : बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’