लन्डन । पहिलो एनिमेटेड नेपाली फिचर फिल्मको म्यूजिक भिडियो एकै समयमा तीन देशबाट सार्वजनिक भएको छ ।
अंग्रेजी सबटाइटलका साथ नेपाल भाषा र नेपाली भाषामा निर्माण भइरहेको पहिलो एनिमेटेड चलचित्र ‘शंखधरको कथा’ (दि लिजेन्ड अफ शंखधर) को म्यूजिक भिडियो आइतबार यूके, अमेरिका र नेपालबाट सार्वजनिक गरिएको हो ।
म्यूजिक भिडियो नेपालमा माइक्रोसफ्ट इनोभेसन सेन्टर, लन्डनमा किङ्स कलेज र वासिङटन डिसीमा आर्लिङटन सेन्ट्रल लाइब्रेरीमा विमोचन भएको फिल्म निर्माण पक्षले जनाएको छ । नेपालमा चलचित्र निर्देशक संयुक्त श्रेष्ठका पिता शम्भु श्रेष्ठले भिडियो सार्वजनिक गरेका थिए । उक्त अवसरमा शताव्दी पुरुष डा. सत्यमोहन जोशीले फिल्म बनाउन क्रियाशिल बेलायतवासी नेपालीलाई शुभकामना दिंदै फिल्मले नेपाली कला तथा सांस्कृतिक पक्षमा पार्ने प्रभावबारे प्रकाश पारे ।
उक्त समारोहमा नरेश वीर शाक्य, एलान बैलोचन तुलाधर, नियुक्त श्रेष्ठ, मदनदास श्रेष्ठ, दर्शनवीर शाक्य, रमेशकुमार श्रेष्ठ, निशा देसार, निर्देशक रत्नकाजी महर्जन, पुष्कर माथेमा, श्यामकृष्ण मानन्धर, हरिकृष्ण श्रेष्ठ, पवित्रा कासा र जुजुकाजी रन्जितले शुभकामना दिए भने निर्देशक श्रेष्ठले लाइभ भिडियोबाट अन्तरक्रिया गरेका थिए ।
अमेरिकामा नेवा अर्गनाइजेशन अफ अमेरिका र यूकेमा पासा पुचः गुथि यूकेले एक कार्यक्रमबीच भिडियो सार्वजनिक गरेका थिए । यूकेको विमोचन समारोहमा गुथिका बोर्ड अफ् ट्रस्टीज अध्यक्ष महन्त श्रेष्ठ, शशी महाजु र प्राध्यापक डेभिड गेल्नरले फिल्मले नेपाली कला, संस्कृतिको जगेर्नासंगै यसले स्थानीय समुदायमा एकता र सद्भाव फैलाउने आशा समेत व्यक्त गरे । कार्यक्रममा अति पुरानो नेवा संस्था च्वसा पासाका सत्यभामा माथेमा र शशी मानन्धरको पनि उपस्थिति थियो ।
डिसीको विमोचन समारोहमा नेवा अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष राम श्रेष्ठ, सचिव पुष्कर प्रजापति र संस्थापक सदस्य हरिमान श्रेष्ठले बोलेका थिए भने निर्देशक श्रेष्ठले भिडियोबाट अन्तरक्रिया गरेका थिए ।
उक्त फिल्मको लेखन, निर्देशन र निर्माण संयुक्त श्रेष्ठले गरेका छन् । फिल्म निर्माण टिममा श्रेष्ठसहित अन्जना श्रेष्ठ, नियुक्त श्रेष्ठ, विज्ञान प्रजापति र प्रन्जल कक्षपति पनि छन् । संयुक्त श्रेष्ठले रचेको गीतमा म्यूजिक भिडियो बनाइएको हो जसमा निशा देसारको स्वर, विश्व शाही र गंगा थापाको संगीत अनि सुनिता राजभण्डारी जुनुको नृत्य निर्देशन छ । सुभाषराम प्रजापति र सुनिता जुनुले नेपाल भाषाको वीज्ञका रुपमा काम गरेका छन् ।
म्यूजिक भिडियोको विश्वव्यापी सार्वजनिकीकरणको डिजाइन इम्प्याक्ट प्रोडक्सन्स् नेपालका आलोक सिद्धि तुलाधर, यूकेबाट गुथिका उपाध्यक्ष ओजेश सिंह र अमेरिकाबाट डा. रोशनलाल श्रेष्ठ र पुष्कर प्रजापतिले गरेका हुन् ।
पासा पुचः गुथि यूकेले संयुक्त अधिराज्यमा आउंदो नेपाल संवत् नयां वर्ष ११३७ (नोभेम्बर, ०१६) मा यस चलचित्र रिलिज गर्ने योजना बनाएको छ ।
म्यूजिक भिडियो हेर्नुहोस्ः
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने