भावनाका फूल लिएर आए किरण

Kiran

लण्डन । गीतकार किरण थेबे भावनाका फूलहरु गीति क्यासेट लिएर आएका छन् ।
ओपेरा ट्यून्स म्यूजिकको प्रस्तुति र लक्ष्मी मादेन थेबे लिम्बु प्रोड्यूसर रहेको सो एल्बममा तारा प्रकाश लिम्बुले संगीत दिएका छन् ।
सो एल्बममा तिमी हौ सागर, भागी जाने, रंगी तरेर, आधी आधी बाँडेर, तिमी बिना सोच्छु, तिम्रो घरको बाटो गरी छ वटा गीत समेटिएका छन् । एल्बममा ताराप्रकाश लिम्बु, जगदिश समाल, बादल लिम्बु, अमृता लिम्बु, प्रविशा अधिकारी, रानु जबेगु, रेवत राई, दिपा लामाको श्वर रहेको छ ।
पूर्व गोरखा सैनिक तथा पत्रकार थेबेको यसअघि कविता संग्रह र गीति क्यासेट बजारमा आइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री