रियो ओलम्पिकमा निशा पहिलो चरणबाटै बाहिरिइन्

Taekwondo - Women's +67kg Preliminary Round

काठमाडौँ, ४ भदौ । ब्राजिलमा जारी ‘रियो ओलम्पिक’मा नेपालकी तेक्वान्दो खेलाडी निशा रावल पहिलो चरणबाटै बाहिरिएकी छन् ।

रियोस्थित कारिओका एरिना–३ मा भर्खरै सम्पन्न स्पर्धामा उनी चीनकी सुयिन झिङसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् । महिलातर्फको ६७ केजीभन्दा माथिको तौल समूहमा २० वर्षीया निशा २२ वर्षीया चिनियाँ खेलाडी झिङसँग २–० अङ्कले पराजित भएकी हुन् । झिङ यो उमेर समूहमा विश्व च्याम्पियनसमेत भएको बताइएको छ ।

योसँगै जारी ओलम्पिक खेलेका नेपालका सबै सात खेलाडी बाहिरिएका छन् । नेपालका लागि अन्तिम खेल आज निशाले खेलेकी थिइन्

यसैबीच निशा ओलम्पिक खेल्ने दोस्रो महिला तेक्वान्दो खेलाडी भने भएकी छिन् ।

सन् २००४ मा सङ्गीना वैद्यले ओलम्पिकमा छनोट भएर पहिलोपल्ट ओलम्पिक खेल्न गएकी थिइन् । अहिले तिनै सङ्गीना निशाकी प्रशिक्षक हुन् । निशा भने ‘वाइल्ड कार्ड’मार्फत ओलम्पिक खेलेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री