मिस यूके नेपाल ग्रयाण्ड फिनाले आज, कसले चुम्ला उपाधि ?

Miss UK nepal
लन्डन । आठ सुन्दरीहरु सहभागी पांचौं मिस यूके नेपाल २०१६ ग्रयाण्ड फिनाले आज अपरान्ह एम्पायर बैंक्यूटिङ हल अल्डरसटमा हुंदैछ । करिब दुई साताको प्रशिक्षणपछि अलिसा, मेघ्ना, कल्पना, टेनिसा, प्रशंसा, विभिया, सुनिता र आरती उपाधि चुम्न सांझ भिड्दैछन् ।
लोकप्रिय नायिका प्रियंका कार्कीले ८ अगष्टमा लन्डन उत्रिए लगत्तै प्रतिष्पर्धीलाई कोरियोग्राफी र अन्य प्रशिक्षण दिन थालेकी थिइन् । प्रियंका २४ अगष्टमा नेपाल फर्कने कार्यक्रम छ ।

आयोजक इभेन्ट एण्ड आइडियाजले सम्पूर्ण तयारी पुरा भएको जनाउंदै प्रतिष्पर्धी सबैमा अग्रिम शुभकामना दिएको छ । इभेन्ट एण्ड आइडियाज निर्देशक शान्ति गुरुङले अति महत्वका साथ हेरिएको फिनालेमा सहभागी भइदिन सबैमा आग्रह गरेकी छिन् ।

कार्यक्रम विल्कुल मनोरन्जनात्मक बनाउने योजनामा छ आयोजक । कार्यक्रममा गायक धर्मेन्द्र सेवानले गाउनेछन् भने आकर्षक नाच समेत समावेश हुनेछ । तस्विरः मिलन तमु

प्रतिक्रिया

सम्बन्धित सामाग्री