मायाको बहार तिमीलाई

Pradip

फूलै फूलको मौसम पनि
हरियाली बसन्त झैं
तिमी सुन्दर छौ सदाबहार अनि

कल्पनाको आकाश तिमीलाई
त्यहाँ बसाएको रहरको घर पनि
सपनाका शहरहरु सबै
जहाँ मायाका गोरेटोहरु छ नि

यादहरुको वर्षात तिमीलाई
चोखो प्रेमको किरण पनि
मनमा लुकेका कुराहरु
कोरेको मायाको गीतहरु अनि

मायाको बहार तिमीलाई
फूलै फूलको मौसम पनि
सधै संगै बस्ने रहरहरु
कहिले नछुट्ने कसमहरु अनि

प्रतिक्रिया

सम्बन्धित सामाग्री