यूकेले ल्यायो नयां डिजिटल भिजा आवेदन सेवा

ukvi logo01
लन्डन । यूकेले भिजिट भिजामा आउने विश्वभरका नागरिकका लागि नयां डिजिटल भिजा आवेदन सेवा शुरु गरेको छ ।
एक्सेस यूके मार्फत बेलायत घुम्न आउन चाहने विश्वका एकसय ८० देशका नागरिकका लागि दश भाषामा यस्तो डिजिटल सेवा शुरु गरिएको यूके भिजा एण्ड इमिग्रेसन (यूकेभिआइ) ले जानकारी दिएको छ । १९ अगष्टदेखि लागू यस्तो सेवा लिएर केही दिनमै ५ लाख बढिले भिजा आवेदन दिएको 
यूकेभिआइले जनाएको छ ।

एक्सेस यूकेले भिजा फोर यूके वेवसाइटलाई विस्थापित गरेको हो । होम अफिसले सन् २०१४ मा चीनमा नयां डिजिटल आवेदन सेवा शुरुवात गरेको थियो । यसैको सफलतापछि यसलाई विश्वभर लागू गरिएको हो । अब जुनसुकै मोवाइल डिभाइसबाट समेत भिजा निवेदन दिन सकिने छ ।

यूके भिजा एण्ड इमिग्रेसनका इन्टरनेशनल भिजा अपरेसन्स् निर्देशक साइमन पिचेले नयां सेवाबारे अवगत गराउंदै गुणस्तरिय सेवामा कुनै सम्झौता नहुने बताएका छन् ।

भिजा आवेदन दिन चाहने ग्राहकका लागि छिटो, सहज तरिकाले सुविधा प्रदान गर्ने होम अफिसको प्रतिवद्धता अनुरुप नयां सेवा शुरु गरिएको सरकारको भनाइ छ ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया

सम्बन्धित सामाग्री