एमाले अध्यक्ष ओली आज बैंकक जाँदै

एमाले अध्यक्ष केपी शर्मा ओली

एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ ८ भदौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज (बिहीबार) थाइल्याण्डको राजधानी बैंकक जानुहुने भएको छ ।

अध्यक्ष ओली अपराह्न १ बजे थाई एयरवेजको विमानमार्फत श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक जानुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा करिब १५ दिन बैंककमै रहनुहुने बताइएको छ ।

एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैंककमा उपचारपछि अध्यक्ष ओली आफ्नो चार दिने भ्रमणको सिलसिलामा इन्डोनेसिया जानुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री