कोडेकको तीज कार्यक्रम

Codec teej

लन्डन । बेलायतको एउटा च्यारिटी संस्था कम्युनिटी डेभलप्मेन्ट सेन्टर, यूके (कोडेक यूके) ले आइतबार तीज कार्यक्रम गरेको छ । अल्पर्टन कम्युनिटी स्कुल हलमा सयौं महिलाबीच कार्यक्रम भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष शंकर दाहाल, लन्डन बरो अफ ब्रेन्टका डेपुटी मेयर भगवानजी चोहान लगायतले शुभकामना दिएका थिए । दाहालले महिलाहरुलाई एकत्रित गरि तीजको अनुभूति गराउन कार्यक्रम गरिएको जनाए ।

कार्यक्रममा रातो सारी, ब्लाउज र गरगहनामा सजिएका महिलाहरुले तीज विशेष गीतमा नाचे ।

कार्यक्रममा बुद्ध बार एण्ड ग्रीलले रात्रीभोज व्यवस्था गरेको थियो ।

महिलाहरुको विशेष पर्व तीज नजिकिंदै गर्दा बेलायतमा विभिन्न संघसंस्थाले यस पर्व मनाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री