आकाशको जुन तिमीलाई

Pradip
आकाशको जुन तिमीलाई
सदाबहार बसन्तको हरियाली पनि
माया र प्रेमको सागर मात्रै होइन तिमीलाई
मेरो जिन्दगी नै तिम्रो भनेको अनि

तिमी हिंड्ने गोरेटो अनि बाटोहरु
फूलै फूलले सजाइदिन्छु
मायाको इसारा मात्र देउ तिमी
युग युग अनि जुनी जुनी कुरिदिन्छु

खोलाको बगरहरु तिमीलाई
कल्कलाउंदै बग्ने नदीहरु पनि
खोला र नदीहरु मात्रै होइन तिमीलाई
हिमाल पहाड अनि प्रकृतिको सुन्दरता नै तिमी अनि

हुन्छ मात्रै भन तिमी
सपनाको संसारमा कल्पनाको महल बनाइदिन्छु
कल्पना मात्रै गर तिमी
जुन र ताराहरुको आकाशसम्म बाटो कोरिदिन्छु

बिहानीको किरण तिमीलाई
सन्ध्याको सूर्यास्त पनि
हरदिन सधै कल्पनाको तस्बिर तिम्रो कोरिरहन्छु
हररात सधैं सपनाको अंगालोमा बांधिदिन्छु तिमीलाई अनि

पागल हुन्छु तिम्रो मुस्कानमा
बेहोसिन्छु चञ्चल तिम्रो चालमा
आँखाको भाकाहरुमा तिम्रो
म मायाको गीत गाइदिन्छु
अनुमति भए तिम्रो

मायाको गीत मात्रै होइन तिमीलाई
जिन्दगी जिउने साहारा बनिदिन्छु
आकाशको जुन तिमीलाई
फूलै फूलको मौसम पनि
माया र प्रेम तिमीलाई
बनि देउ मेरो जिउने आधार अनि

प्रतिक्रिया

सम्बन्धित सामाग्री