डा. श्रेष्ठले गरे दलित विद्यार्थीलाई सहयोग

dr_bharat_shrestha_mrs_shrestha

लन्डन । नेप्लीज डक्टर्स एसोसियसन यूकेका पूर्व अध्यक्ष डा. भरत श्रेष्ठले दाङको दलित परिवारका दुई बालबालिकाको पठनपाठनमा सहयोग गरेका छन् ।

घोराही नगरपालिका वडा नं ४ चौघेरा निवासी सन्ध्या नेपाली तथा विशेषजंग नेपाली दिपशिखा उच्चमाविमा क्रमशः कक्षा ७ र ५ मा अध्ययनरत छन् । टुहुरा ती बालबालिकाको फि तिर्न समेत समस्या परेपछि डा. श्रेष्ठले उनीहरुको पठनपाठनमा सघाउने तत्परता देखाएका थिए ।

डा. श्रेष्ठ र उनको परिवारले पश्चिम नेपालको प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारीमा आफ्ना स्वर्गीय पिता भूपेन्द्रश्वर श्रेष्ठको सम्झनामा धर्मशाला बनाएको छ । त्यसैगरी दाङको धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा श्रेष्ठ परिवारकै लगानीमा धर्मशाला निर्माण भइरहेको छ ।

ब्रिटेनको प्लेमाउथमा सपरिवार बसिरहेका डा. श्रेष्ठ तथा श्रीमती डा. रेखा श्रेष्ठले नेपाल तथा यूकेमा पनि थुप्रै सामाजिक काममा सघाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री