सिरियालाई शान्त पार्ने बढी जिम्मेवारी रसियाको ः मर्केल

जर्मन चान्सलर मर्केल

जर्मन चान्सलर मर्केल

बर्लिन (जर्मनी), १३ असोज । सिरियामा जारी द्वन्द्वले युरोपलगायत विश्वका धेरै मुलुकलाई प्रभावित पारेको र हालै अलेप्पोमा सिरियाली सरकारद्वारा गरेको हवाई आक्रमण जर्मन चान्सलर एन्जेला मर्केलले बिहीबार बताउनुभएको छ ।

उहाँले युद्धबिरामले विश्व समुदायमा ठूलो आशा सिर्जना गरिरहेका बेला रसियाको समर्थनमा सिरिया सरकारद्वारा प्राचीन सहर अलेप्पोमा आक्रमण हुँदा यसले विश्वलाई निरास बनाएको मर्केलको भनाई थियो ।

सिरियाली सहर अलेप्पो क्षेत्रमा पछिल्लो समय भएका हवाई आक्रमण सिरियाली भूभागमा भएका केही हृदयविदारक घटनामध्येको एक भएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले बताउनुभएको छ । यसलाई नियन्त्रण गर्न रसियाको भूमिका रहनुपर्ने उहाँको भनाई थियो ।

सन् २०११ मा सुरु भएको सिरियाली द्वन्द्वका कारण करिब तीन लाख मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । द्वन्द्वका कारण सिरियाको आधा जनसङ्ख्या विस्थापित बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री