इपिएल क्रिकेटको उपाधि पञ्चकन्यालाई

epl

काठमाडौँ, १७ असोज । पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको अन्तिम खेलमा पञ्चकन्याले कलर्सलाई ४० रनले पराजित गर्दै सो उपाधि हात पारेको हो । उपाधिसँगै पञ्चकन्याले पुरस्कार स्वरुप रु पाँच लाख प्राप्त गरें ।

प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको पञ्चकन्याले २० ओभरमा चार विकेट गुमाउँदै १७१ रनको योगफल तयार गरयो । जवाफी ब्याटिङमा उत्रेका कलर्सले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३१ रनको योगफल मात्र बनाउन सकें ।

पञ्चकन्याको जितमा आशिफ शेखले सतक बनाए । ६४ बल खेलेको शेखले अविजित १११ रनको योगदान दिए । उनले सात चौका र आठ छक्का प्रहार गरेका थिए । त्यस्तै पञ्चकन्याका अर्का ब्याट्सम्यान आरिफ शेखले २३ रन जोडे ।

कलर्सका अभिनाश कर्ण, अमर रौतेला, सञ्जम रेग्मी तथा योगेन्द्र सिंह कार्कीले १, १ विकेट लिए । यता कलर्सका लागि भने ज्ञानेन्द्र मल्लले ४७, राजेश पुलामीले ३७ तथा हरिशङ्कर शाहले १४ रन जोडे ।

कसर्ललाई सस्तैमा समेट्ने क्रममा पञ्चकन्याका करण केसीले तीन, सुशील कँडेल र शरद भेषावकरले २, २ विकेट लिए भने भुवन कार्की र दीपेन्द्र सिंह ऐरीले १, १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री