गायिका राणाले बजारमा ल्याइन् दुई सिडी क्यासेट

meera-rana

काठमाडौँ, २० असोज । गायिका मीरा राणाद्वारा स्वरवद्ध ‘गीत’ र ‘श्री राम भनेर…’नामक दुईवटा गीति सिडी क्यासेट बुधबारदेखि बजारमा आएका छन् ।

‘गीत’ मा ‘माया बढ्दै बढ्दै गयो’, ‘दिन सहेँ रात सहँे’, ‘नशालु रात’, ‘स्वच्छ बनोस् तिम्रो मन’, ‘निद छैन आँखामा’, ‘कहाँ उडे मध्यरातमा’ र ‘सँगै जिउने’ शीर्षकका गीत राखिएको छ । यी गीत निश्प्रभ सजी, नवराज लम्साल, गोपाल योन्जन, रत्नशम्शेर थापा, ज्ञानेन्द्र गदाल र प्रमोद स्नेहीले रचना गर्नुभएको हो । गीतमा न्ह्यू बज्राचार्य, गायिका राणा, दीपक जङ्गम र नारायण वलीले सङ्गीत भर्नुभएको छ ।

‘श्री राम भनेर…’ शीर्षकमा रचिएको क्यासेटमा लक्ष्मण लोहनी, पुरुषोत्तम सापकोटा, सुभाषचन्द्र ढुङ्गेलले विभिन्न गीतको रचना गर्नुभएको छ भने गायिका राणा, गणेश परियार र मनराजा नकर्मीले सङ्गीत भर्नुभएको छ ।

यहाँ बुधबार आयोजित कार्यक्रममा वरिष्ठ गीतकार नगेन्द्र थापा र कवि तुलसी दिवसले क्यासेटको विमोचन गर्दै गीत, सङ्गीत तथा कलाको माध्यमबाट समाजलाई मनोरन्जनका साथै चेतना प्रदान गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

नेपाल नाट्य तथा सङ्गीत प्रज्ञाप्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले कला संस्कृतिको सम्मान गर्न सकेमा त्यस क्षेत्रको विकास हुने विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा गायिका राणाले विभिन्न गीत प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री