यी आन्दोलनहरु हुन् स्वाभिमानको

Pradip

यी आवाजहरु हुन क्रान्तिको
विद्रोहको कोलाहलमा, खोजी एउटा शान्तिको
यी लडाईंहरु हुन् आकांक्षाहरुको
निरासाको कुण्ठामा लुकेको केहि आशाहरुको

सबै भन्छन् हुनुपर्छ देशको विकास
बिदेशी सहयोग धन जति नेताकै घरमा निकास
यी आन्दोलनहरु हुन् स्वाभिमानको
भ्रष्टाचारी नेताहरुको बिचमा, खोजी एउटा देशभक्तको

प्रजातन्त्र त्यस्तो हुनुपर्छ जनता स्वतन्त्र हुने
हुनुहुन्न कतै कोहि दुःखी जनता सधैं रुने
यी गीतहरु हुन् सयौं फूलका थुंगाहरुको
स्वतन्त्र मुलुकमा खोजी जनताको आवाजहरुको

यी प्रार्थनाहरु पुण्यभूमिमा शान्तिको
हिन्दू, इस्लाम र मसीही धर्ममा खोजी एउटा मानवताको
यी प्रान्तीय लडाईंहरु हुन् पहिचानको
चार जात छत्तीस वर्णमा माला यो जातीय सद्भावको

यी आवाजहरु हुन क्रान्तिको
विद्रोहको कोलाहलमा, खोजी एउटा शान्तिको
यी लडाईंहरु हुन् आकांक्षाहरुको
निरासाको कुण्ठामा लुकेको केहि आशाहरुको

प्रतिक्रिया

सम्बन्धित सामाग्री