डा. भट्टराई बेलायत आउंदै, अक्सफोर्ड र एलएसइमा अन्तरक्रिया गर्ने

डा भट्टराई । तस्बिर ः प्रदीपराज वन्त, रासस

डा भट्टराई । तस्बिर ः प्रदीपराज वन्त, रासस

लन्डन । नयां शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम 
भट्टराईले विश्व प्रख्यात बेलायतको अक्सफोर्ड युनिभर्सिटी र लन्डन स्कुल अफ इकोनोमिक्समा अन्तरक्रिया गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतको निम्तोमा बेलायत आउन लागेका भट्टराईले १४ नोभेम्बर सांझ लन्डन स्कुल अफ इकोनोमिक्स र १५ नोभेम्बर सांझ अक्सफोर्ड युनिभर्सिटीमा ‘नेपालको आर्थिक विकास र सम्भावना’ विषयमा पब्लिक लेक्चर दिन लागेका हुन् ।

भट्टराई नोभेम्बर १३ तारिख आइतबार ‘नेपालको आर्थिक सम्वृद्धि र विकासका सम्भावना एवं नयां राजनीतिक शक्तिको आवश्यकता’ बारे हुन लागेको अन्तरक्रिया कार्यक्रममा समेत सहभागी हुने अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका महासचिव जगन कार्कीले जानकारी दिए ।

बेलायत भ्रमणका क्रममा डा. भट्टराईले बेलायती सांसदहरु, स्थानीय 
राजनीतिक व्यक्तित्व, नेपाली समुदाय र बुद्धिजिवी लगायतसंग अन्तरक्रिया 
गर्ने कार्यक्रम समेत छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री