लन्डनमा म्हः पूजा भव्य बनाउने तयारी

14615664_1425310930813182_4833664816031399592_o
लन्डन । हरेक वर्षझंै पासा पुचः गुठी साउथ इष्ट लन्डनले ३१ अक्टोबरका दिन विभिन्न सांस्कृतिक कार्यक्रम सहित नेपाल सम्वत ११३७ र म्हः पूजा कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम भव्य र सभ्य बनाउने योजना आयोजकको छ ।

लन्डनमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि, स्थानीय काउन्सिल तथा नेपाली दूतावास प्रतिनिधिहरुको सहभागिता रहने उक्त कार्यक्रममा बेलायतको विभिन्न स्थानबाट झण्डै ४ सयको उपस्थिति रहने आयोजकले जानकारी दिएका छन् ।

उक्त कार्यक्रमको संयोजन सचिन श्रेष्ठले गर्दैछन् भने सांस्कृतिक कार्यक्रमको संयोजकमा बिनोद चिपालु र अशोक अवाल रहेका छन् । अपरान्ह ५ बजे देखि १० बजेसम्म गरिने उक्त कार्यक्रममा एकै साथ सयौं जनाले सामूहिक म्हः पूजा गरिने संस्थाका अध्यक्ष सुशील प्रजापतिले जानकारी दिए ।

14889822_1425310977479844_7721307497870166812_o

कार्यक्रममा म्हः पूजाका साथै झांकी प्रदर्शन, पालुकिसी, कुमारी यात्रा, मन्जुश्री नाच, पन्चकन्या, धिमेबाजा सहितको रथजात्रा, भैरव गुन, लाखे नाच, भैरव नाच, ख्याक नाच समावेश हुनेछन् ।

भैरव नाचमा अशोक अवाल, सत्य प्रसाद प्रजापति, आशिष श्रेष्ठ, आयुष श्रेष्ठ, इरभिन श्रेष्ठ, मन्देश श्रेष्ठ, लाखेनाचमा विनोद चिपालु, बिमला मर्हजनले मन्जुश्री नाच र ज्यापु प्याखन नाच, विन्दु हाडा, सलोनी रन्जितकार, विभिया श्रेष्ठ, अरिसा श्रेष्ठले नेवारी गीत प्रस्तुत गर्नेछन् भने अन्तिममा डिजेलालसंग खुला डान्स समेत छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री