गायनमा फरक परिचय बनाउँदै मेलिना राई

 

mm
लन्डन । गीतकार तथा संगीतकार उत्तमजंग लिम्बुको रचना रहेको मायाप्रेममा आधारित ‘लेकमा फुल्ने लालीगुरांस’ बोलको म्यूजिक भिडियो गायिका मेलिना राईले युटुबमार्फत सार्वजनिक गरेकी छन् ।

गीतकार लिम्बुले एउटा सुन्दर जवानीलाई हरेक उपमाले नामकरण गर्दै कहिले लेकमा फुल्ने लालीगुरांस त कहिले जाइजुही चमेलीजस्ता सुन्दर विम्बहरुले मीठो माया र सम्वोधनको भाव प्रस्तुत गीतमा झल्काएका छन् ।

नायिका रिश्मा गुरुङ र गम्भिर विष्ट अभिनित भिडियोमा गायिका मेलिना राईको फिचरिङ छ । सान थापाद्वारा निर्देशित ‘मेलिना’ एल्वमको यस गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका छन् ।

सांगीतिक क्षेत्रमा छुट्टै परिचय लिएर आइरहेकी साथै आधुनिक परिवेशमा नेपाली सांगीतिक आकाशमा उडिरहेकी मेलिना राईले नेपाली फिल्म ‘नाई नभन्नु ल ३’ को गीतले सांगीतिक लोकप्रियता हासिल गरिसकेकी छिन् । वि. स. २०६५ सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय प्रतियोगितामा गीतकार भुपाल राई र संगीतकार डाक्टर किराँतको ‘सुनको केश धोए सुनकोशीमा, दुधको मुख धोए दुधकोशीमा,तर दुई किनार झै धीत खोलेर, भित्री मन धुने कुन कोशीमा’ गीत लिएर भाग लिएकी उनी पहिलो एल्बम ‘बहार’ बाट चर्चामा आईकी हुन् ।

हेर्दा जति चंचल देखिए पनि वास्तबमा घरको अनुशासन र बुबाको मार्गदर्शनमा संगीतको शिक्षा सानो उमेर बाटै सुरुवात गरेकी हुन् । कलिलो उमेर १२ बर्षकी हुँदै उनले बुबा जिबेश राईको शव्द रचना र संगीतमा ‘हिमालको काखमा छ यति सुन्दर देश’ बोलको राष्ट्रिय गीत रेकर्ड गरेकी थिइन् । जुन गीत नेपाली आम स्रोताहरुको मन मुटुमा बस्न सफल भएको थियो । स्रोता दर्शकहरुको प्रेरणाले मेलिनालाई आजसम्म पनि नेपाली सांगीतिक आकाशमा पछाडि फर्किनु परेको छैन ।
आकाशमा करोडौँ ताराहरुको बिचमा एउटा ध्रुव तारा जति चम्किलो हुन्छ,उसैगरी सयौँ गायिकामध्येकी एक गायिका हुन् मेलिना राई । मेलिना राई, आज नेपालको सबैभन्दा ब्यस्त गायिका हुन् । प्रेम र बिबाहभन्दा, आफ्नो करियरलाइ प्राथमिकता दिइरहेकी राईले त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी विषयमा स्नातक गरेकी छन् । सांगीतिक यात्रासँगै स्नातकोत्तरको अध्ययन पनि अघि बढाउने उनले बताइन् ।

नेपाल फिल्मी उद्योगका पाश्र्व गायनमा जादुमय स्वर सजिएको फिल्म ‘नाई नभन्नु ल ३’ को ‘कम्मर माथि पटुकी’ बोलको गीतले उनलाई सांगीतिक रंगमञ्चको उच्च शिखरमा पुर्यायो । पछिल्लो समय नेपाली फिल्म ‘क्लासिक’ को ‘प्रकृतिको सुन्दर’ बोलको गीतले उनलाई थप उचाई प्रदान गरेको छ ।

नेपाली फिल्म उद्योगमा पाश्र्व गायनमा उनको सम्भावना झन् दरिलो हुँदै गएको छ । उनले गायक नेपाली फिल्मी ‘हाऊ फन्नी’ को ‘शिरैमा शिरबन्दी’, नोभेम्बर रेनको ‘पल भरमै खुसी’, नाइकेको ‘लोभी भमरा’, पुन्टे परेडको ‘डुब्दै गएँ म’ र ‘तिमीले बाटो फेर्यौ अरे’ जस्ता दर्जनौँ गीतले दर्शक श्रोताको मन जित्न सफल गायिका मेलिना अहिले स्वदेश तथा विदेशका स्टेज कार्यक्रमहरुमा व्यस्त रहेकी छिन् ।


प्रतिक्रिया

सम्बन्धित सामाग्री