जया राईको ‘भर्जिनिया उल्फ र आँसुका फूल’ विमोचित

dsc_0031-1
काठमाडौँ । बेलायतमा बसेर साहित्यिक कर्म गरिरहेकी जया राई आफ्नो पछिल्लो कृतिका साथ नेपाल आएकी छिन् । ‘भर्जिनिया उल्फ र आँसुका फूल’ नामक उनको नियात्राकृति बिहीबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ कवि, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले विमोचन गरे ।
गद्य लेखनमा जया राईको पकड बलियो रहेको उल्लेख गर्दै प्रमुख अतिथि काइँलाले भने, ‘मिठासपूर्ण भाषा–शैलीमा जयाले विभिन्न स्थानको भ्रमण, घटना र परिवेशहरूको लोभलाग्दो चित्रण गरेकी छिन् । यसकारण उनका नियात्राहरू पठनीय छन् ।’
विशिष्ट अतिथि साहित्यकार एवं राजनीतिज्ञ प्रदीप नेपालले जयाको लेखन सरल र सहज हुनुुका साथै उनमा कुशल संगठक र व्यवस्थापकीय क्षमता पनि राम्रो रहेको बताए ।
प्राज्ञ डा. अमर गिरीले प्रवासमा बसरे नेपाली भाषा एवं साहित्यको क्षेत्रमा उल्लेखनीय कर्म गरिरहेकी जयाको लेखनी प्रभावकारी रहेको भन्दै उनका नियात्राहरूले पाठकलाई सूचना र ज्ञानका साथै कलात्मक आनन्द प्रदान गर्ने दावी गरे ।
त्यसै गरी प्राज्ञ डा. ज्ञानू पाण्डेले राईका नियात्रा प्रतीकात्मक र बिम्बात्मक रहेको बताइन् भने डा. कुमार कोइरालाले जयाको उक्त कृति हृदयले लेखिएको बताए ।
भुँडीपुराण प्रकाशनले छापेको ‘भर्जिनिया उल्फ र आँसुका फूल’मा ‘च्याउ टिप्ने निम्ता’, ‘एअर ओमानमा यात्रुको हुर्मत’, ‘शेक्सपियरको घरमा पाहुना’, ‘भर्जिनिया उल्फ र आँसुका फूल’ लगायतका १५ वटा नियात्रा समाविष्ट छन् ।

book-by-jaya

प्रतिक्रिया

सम्बन्धित सामाग्री