बेलायतमा सुटिंग भएको “बजाउ पन्चेबाजा” सार्वजनिक

ग्लास्गो । युकेको ग्लास्गोस्थित पेनिलीमा दियो पाठसालाको देउसी भैलो कार्यक्रमको अवसरमा ग्लास्गोमा छायाँकन गरिएको पन्चैबाजामा अाधारित गीत सार्वजनिक गरिएको छ ।

गीतका मोडल सागर खत्रीले सो भिडियो सार्वजनिक गरेका हुन् । दियो पाठसालाका व्यावस्थापक डिन खरालको अध्यक्षता तथा ग्लास्गो नेपाली एसोसिएशनका अध्यक्ष डिलु गैरेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा ग्लास्गोवासी नेपालीहरुको उपस्थिति थियो ।
ग्लास्गोमा सम्पूर्ण सुटिंग सम्पन्न भएको ‘बजाउ पन्चेबाजा’ गीतमा प्रलाद सुवेदीको शब्द रचना तथा लोकप्रिय गायक वशन्त थापाको संगीत एवं वशन्त  र गायिका देवी घर्तीको स्वर रहेको छ भने अभ्यास डिजिटलले युटुवमार्फत बजारमा ल्याएको हो ।
गीतको छायांकन,सम्पादन डाईरेक्टसनको काम सुरेश श्रेष्ठले गरेका हुन् ।
उक्त म्यूजिक भिडियोमा ग्लास्गोका मोडल सागर खत्री, चमेली रोक्का र आरती गैरेलाई प्रमुख भूमिकामा देख्न सकिन्छ भने दियो क्लब नौमती बजा समूहलाई पनि बाजा बजाईरहेको देख्न सकिन्छ ।
बजाउ पन्चेबाजाको भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

प्रतिक्रिया

सम्बन्धित सामाग्री