बेलायत आएर डा. भटटराईले छोडेका सन्देश

डा. भट्टराईसंग लेखक

डा. भट्टराईसंग लेखक

नयां शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ५ दिने बेलायत भ्रमण सकेर युरोप हुंदै बिहीबार नेपाल अवतरण गर्नुभएको छ । अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतको निमन्त्रणामा उहां बेलायत आउनुभएको थियो । डा. भट्टराईको बेलायत भ्रमणका क्रममा मैले पुरै समय उहांसंग बिताउन पाउंदा आफूलाई गौरवान्वित ठानेको छु । डा. भट्टराई जस्तो महान, वौद्धिक र भिजन बोकेका नेतासंग संगत गर्न पाउनु मेरा लागि भाग्यको कुरा थियो । उहांको भ्रमणबाट मैले नयां शक्ति पार्टीको उद्देश्यबारे राम्ररी बुझ्ने मौका पाएं । उहांले विभिन्न मञ्चहरुमा दिनुभएको सम्वोधनबाट म मात्र होइन, समस्त बेलायतस्थित नेपाली समुदाय लाभान्वित भएको हुनुपर्छ ।

डा. भट्टराईले लन्डन आएपछि बेलायतस्थित विभिन्न राजनीतिक पार्टीका प्रवास संगठन प्रतिनिधिहरुमाझ दूतावासमा अन्तरक्रिया गर्नुभयो । उहां अल्डरसटमा गोर्खाली समाज यूकेको च्यारिटीमा प्रमुख अतिथी बनेकै कारण संस्थाले एक करोड बढि संकलन गरेको समाचार आए ।

भट्टराईले जनजाती महासंघ यूकेको रेडिङ कार्यक्रम, लन्डन स्कुल अफ इकोनोमिक्स, अक्सफोर्ड युनिभर्सिटी र अल्डरसटस्थित एम्पायर हलमा नेपालको आर्थिक विकास र समृद्धि विषयमा दिनुभएको प्रवचन निक्कै फलदायी रह्यो । लन्डन स्कुल अफ इकोनोमिक्स र अक्सफोर्ड युनिभर्सिटीको प्रवचनमा नेपाली समुदायमात्र होइन, विदेशी विद्यार्थी, अर्थवीद र प्राज्ञहरुको समेत उत्साहजनक सहभागिता थियो ।
गैर आवासीय नेपाली संघ प्रतिनिधि, बेलायती राजनीतिज्ञ एवं भूपू गोर्खाहरुसंग भट्टराईको भेट पनि ओझपूर्ण रहेको मैले अनुभव गरेको छु ।

भट्टराईले बेलायतमा धेरै तह तप्काका नेपाली र विदेशी प्राज्ञ समेतलाई भेट्नुभयो, बेलायती संसद पुग्नु भयो र बेलायतभर हजारौं जनमानसलाई सम्वोधन गर्नुभयो । भट्टराईले सम्वोधनका क्रममा मुख्यतः नेपालको आर्थिक विकास र समृद्धि अबको आवश्यकता रहेको र त्यो पुरा गर्न नयां शक्ति एकमात्र विकल्प रहेको स्पष्ट सन्देश दिनुभयो । हुन पनि माओवादीमा राम्रो सम्भावना हुंदाहुंदै पार्टी छाडेर एक्लै नयां शक्तिमा लाग्नुको पछाडि भट्टराईमा केही 
गर्ने आत्मविश्वास पलाएरै हो भन्न सकिन्छ ।

हो, नेपालीहरुको एउटै भोक र तिर्खा भनेको विकास र समृद्धि छ । जुनसुकै कोण, विचारधारा र पार्टीबाट भएपनि सबैको चासो र चिन्ता गरिवी, बेरोजगारी र पछौटेपन छिटो भन्दा छिटो अन्त्य गर्नुपर्छ भन्ने छ ।

हामीले लामो समयदेखि जन आन्दोलन गर्यौं । जनआन्दोलन र विभिन्न संघर्षको परिणाम देशमा गणतन्त्र पनि आयो । 
निरंकुशता र सामन्तवादको अन्त्य भइसकेपछि अब लोकतन्त्रको जगमा आर्थिक विकास र समृद्धिका लागि बढौं भनेर नै नयां शक्ति पार्टीलाई जन्म दिएर डा. भट्टराई अघि सर्नुभएको छ, यसमा हामी सबैले साथ दिंदा देशकै भलाइ हुनेछ । राजनीतिक क्रान्ति बिना आर्थिक क्रान्ति असम्भव भएकाले अब हाम्रो प्रमुख प्राथमिकता आर्थिक क्रान्तिमा रहनुपर्छ, भट्टराईको सन्देश पनि यही रहेको मैले बुझें । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर अब विकास र समृद्धि गर्न जरुरी भइसकेको छ ।

भट्टराईकै शब्दहरु सापटी लिने हो भने नेपालमा स्थिरता पनि खांचो छ । शासकीय प्रणालीले स्थिर सरकार नदिने हुंदा राजनीतिक स्थिरता ल्याउन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा देश जानुपर्ने देखिन्छ ।

नयां शक्तिले जेठ ३० मा पार्टी घोषणापछि आफ्नो मार्गचित्र तयार गरिसकेको छ । त्यो के भने अबको ७ वर्षभित्र देशलाई गरिवीबाट मुक्त पार्ने, १५ वर्षभित्र मध्यमस्तर र २५ वर्षमा समृद्धिको शिखरमा देशलाई पुरयाउने नयां शक्तिको मुख्य लक्ष्य छ । मार्गचित्र कार्यान्वयन सहज छैन् । त्यसका लागि तपाईं हामी वुद्धिजिवी, प्राज्ञ र युवा वर्गले अब साथ दिनुपर्छ । सत्तामा नपुगी वा सरकारको नेतृत्व नगरेसम्म आर्थिक विकासका योजना लागू गर्न सम्भव छैन् । त्यसकारण लोकतान्त्रिक तरिकाले निर्वाचनमा अग्रता हासिल गरेर विकास योजना कार्यान्वयन गर्ने पार्टीको मुल उद्देश्यमा हामी सबैले साथ दिऔं ।

पाठकवृन्द, डा. भट्टराईको बेलायत यात्राबारे भिसिडी समेत छिट्टै बन्ने भएकाले विस्तृत त्यहांबाट पनि पाउन सक्नुहुनेछ । प्रतिक्षा गर्नुहोला ।

(लेखक श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका मिडिया संयोजक हुन्)

प्रतिक्रिया

सम्बन्धित सामाग्री