ट्रम्पद्वारा आफ्नो प्रशासनका लागि उच्च व्यक्ति छनौट

तस्विरः एपी

तस्विरः एपी

न्युयोर्क (अमेरिका), ३ मङ्सिर । अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित हुनुभएका डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि उच्च केही व्यक्तिलाई छनौट गर्नुभएको ट्रम्प निकट स्रोतले जनाएको छ ।

नाम गोप्य राख्ने सर्तमा अलावामा सिनियर जेफ सेसनलाई अमेरिकी महान्यायाधिवक्ता, कान्सास माइक पोम्पेओलाई सीआईए प्रमुख र पूर्व सैनिक गुप्तचर प्रमुख माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि छनौट गर्नुभएको उनले बताए ।

उच्चपदमा छानिएका तीनैजना वर्तमान राष्ट्रपति बाराक ओबामा र वर्तमान अमेरिकी नीतिका कटु आलोचकका रुपमा चिनिएका व्यक्तित्व हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री