महिला एसिया कप टि–ट्वन्टी क्रिकेटका लागि राष्ट्रिय टोलीको घोषणा

cricket-ball-bat

काठमाडौँ, ३ मङ्सिर । यही मङ्सिर दोस्रो हप्तादेखि हुने महिला एसिया कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

नेपाली टोलीका प्रशिक्षक, कप्तान तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रतिनिधि सम्मिलित छनोट समितिले आज १५ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेकाले टोली छनोटमा आइसिसीको रहँदै आएको छ ।

टोलीको नेतृत्व नियमित कप्तान रुविना क्षेत्रीले गर्नेछिन् । अन्य सदस्यमा इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, करुणा भण्डारी, नेरी थापा, नीरा राजोपाध्याय, रश्मि शर्मा चौलागाईं, रोशनी बोहरा, सवनम राई, सीता मगर, सरस्वतीकुमारी चौधरी र सीता राना मगर छन् ।

गत महिना सम्पन्न छनोट प्रतियोगिता खेलेकी शर्मिला शाही घाइते बनेपछि उनका स्थानमा सङ्गीता राई टोलीमा अटाएकी छन् । त्यस्तै अघिल्लो प्रतियोगितामा नभएकी शोभा आलेलाई पनि टोलीमा तानिएको छ ।

मङ्सिर ११ देखि १९ गतेसम्म थाइल्यान्डमा हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल मङ्सिर ११ मा पाकिस्तानसँग खेल्नेछ । त्यस्तै १३ गते श्रीलङ्का, १४ गते बङ्गलादेश, १६ गते आयोजक थाइल्यान्ड र १७ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री