अमेरिकी नागरिकलाई यूरोप भ्रमणमा सतर्कता

europe-opt-1680x460

वासिङ्टन (अमेरिकी), ७ मङ्सिर । अमेरिकी विदेश विभागले विदा मनाउन यूरोप जान चाहने अमेरिकी नागरिकमाथि आतङ्कवादी हमला हुनसक्ने खतरा रहेको बताउँदै यात्राका समयमा सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयद्वारा सोमबार जारी गरिएको विज्ञप्तीमा अमेरिकी नागरिकले “विदामा यूरोपमा हुने उत्सव, कार्यक्रम तथा बाहिरी बजारमा जाँदा सतर्कता अपनाउन” भनिएको छ ।

विभागले यो सतर्कताका लागि सूचना फेब्रुवरी २० सम्मलाई मध्यनजर गरी जारी गरेको हो ।

विज्ञप्तीमा अतिवादी समूहबाट यूरोपमा आक्रमण जारी राखेको । अमेरिका तथा यूरोप वर्षको अन्त्य तथा नयाँ वर्षको सुरुवातमा दिइने लामो विदा बिताउन विदेश यात्रामा निस्कने कुरालाई मध्यनजर गर्दै विदेश विभागले सो सूचना जारी गरेको हो ।

सूचनामा कसले र कस्तो किसिमका आक्रमण हुन सक्ने सम्भावना छन् भनी विस्तारमा केही बताइएको छैन ।

सन् २०१५ को जनवरी पछि एक पछि अर्को गर्दै भएको आक्रमणमा फ्रान्स र बेल्जियममा २५० मानिसको मृत्यु भएको थियो भने सयौँ अन्य घाइते भएका घटनामा अतिवादी इस्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री