नेपाली महिला क्रिकेट टोली थाइल्यान्ड प्रस्थान

womens-cricket-bidai

काठमाडौँ, ८ मङ्सिर । थाइल्यान्डमा हुने एसिया कप प्रतियोगतामा सहभागिता जनाउन नेपाली महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

बीना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले सफलताका लागि शुभकामना दिँदै बिदाइ गर्नुभएको थियो ।

दुई महिनाअघि हङ्कङमा भएको विश्वकप छनोट प्रतियोगितामा एसिया क्षेत्रबाट दोस्रो हुँदै नेपाल एसिया कपमा छनोट भएको हो । एसियाली क्रिकेट परिषद् (एसिसी)को आयोजनामा यो प्रतियोगिता यही मङ्सिर ११ गतेदेखि सञ्चालन हँुदैछ ।

नेपालले शनिबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै, १३ गतेको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले १४ गते बङ्गलादेश, १६ गते थाइल्यान्ड तथा १७ गते भारतससँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीका प्रशिक्षक राजु बस्न्यातले क्षेत्रीको कप्तानीमा रहेको टोलीले उत्कृष्ट खेल प्रदर्शन विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री