कास्ट्रोको निधनमा राष्ट्रसङ्घ महासभा अध्यक्ष दुःखी

२००३ मा तत्कालिन जापानी प्रधानमन्त्रीसंग क्याष्ट्रो (बायां) । फाइल फोटो, तस्विरः एपी

२००३ मा तत्कालिन जापानी प्रधानमन्त्रीसंग क्याष्ट्रो (बायां) । फाइल फोटो, तस्विरः एपी

युनाइटेड नेशन्स, १२ मङ्सिर । संयुक्त राष्ट्रसङ्घ महासभा प्रमुख पिटर थमसनले क्यूवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधनको खबरले आफू दुःखी बनेको बताउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

शनिबार जारी विज्ञप्तिमा थमसनले भन्नुभएको छ, “म मृतकको परिवारजन, फिडेल कास्ट्रोका भाई तथा क्यूवाका राष्ट्रपति राहुल कास्ट्रो, क्यूवा सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”

विज्ञप्तिमा क्युवाका पूर्वराष्ट्रपति फिडेल कास्ट्रो बिसौँ शताव्दीका केही प्रतिष्ठित नेतामध्ये एक भएको बताउँदै कास्ट्रोले आफ्नो जीवनभर समानताका लागि गरेको समर्पणले उहाँ विकासोन्मूख मुलुकका लागि एक प्रेरणाका स्रोत हुनुहुन्थ्यो भनिएको छ ।

शिक्षा र स्वास्थ्यका क्षेत्रमा उहाँको त्याग अविस्मरणीय रहने थमसनले बताउनुभएको छ ।

आधा शताव्दीसम्म क्यूवाको नेतृत्व सम्हाल्नुभएको कास्ट्रोले सन् २००६ मा स्वास्थ्यका कारण देखाउँदै राष्ट्रपतिको जिम्मेवारी उहाँको भाइ राहुल कास्ट्रोलाई सुम्पिनुभएको थियो ।

कास्ट्रोको ९० वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री