शिव मन्दिर निर्माण सहयोगार्थ एकै दिन ५८ हजार पाउण्डको प्रतिवद्धता

img_7199-2

लन्डन । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले आइतबार एम्पायर हलमा एक च्यारिटी कार्यक्रम गरेको छ । बेलायतको रसमोर क्षेत्रमा शिव मन्दिर निर्माण सहयोगार्थ आयोजित उक्त च्यारिटी डिनरमा एकै दिन ५८ हजार पाउण्डको प्रतिवद्धता आएको सेन्टरले जनाएको छ । व्यवसायी रवि लामिछाने एक्लैले १२ हजार ५०० पाउण्ड दिने घोषणा गरेका थिए । ठूलो हृदय भएका लामिछानेले दुई साताअघिमात्र गोर्खाली समाज यूकेको च्यारिटी डिनरमा गोरखाका गरिव तथा असहाय बालबालिकाको शिक्षाका लागि २० लाख रुपैयां दिने घोषणा गरेका थिए ।

img_6989-2

उक्त कार्यक्रम दूतावासका अट्याची तेजेन्द्र रेग्मी र मेयर ज्याकी भोस्पेरले उद्घाटन गरेका थिए । सेन्टरका ट्रष्टी रोहित गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा ट्रष्टी जीव बेल्वासेले स्वागत मन्तव्य दिए भने अध्यक्ष सुनित जैन र महासचिवले शिव मन्दिर निर्माणको उद्देश्य र योजनाबारे अवगत गराएका थिए । कार्यक्रममा एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य, एनआरएनए सल्लाहकार विश्वआदर्श पण्डित, सूर्य उपाध्याय लगायतले शुभकामना दिए । 
सांस्कृतिक सचिव विक्रम भट्टराईले कार्यक्रम सफल बनाउन ठूलो योगदान दिएका थिए । तस्विरहरुः मिलन तमु

img_7033-2

प्रतिक्रिया

सम्बन्धित सामाग्री