दूतावासमा डिसेम्बर १ मा कन्सुलर सेवा १ बजे पछिमात्र

लण्डन । बेलायतस्थित नेपाली दूतावासमा डिसेम्बर १ का दिन भिसा राहदानी तथा कन्सुलरसम्बन्धी सेवा दिउँसो १ बजेपछि मात्र सुचारु हुने भएको छ ।

दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार सो दिन बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायती महारानी एलिजावेथ द्वितीयसमक्ष अोहोदाको प्रमाणपत्र बुझाउने विशेष कार्यक्रम छ । सोका कारण बेलायतको सुरक्षा निकायबाट अनुरोध भएकाले बिहान ११३० देखि १३०० बजेसम्म ती सेवाहरु बन्द गर्नु परेको हो ।

press-release1

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री