खेल इतिहासमा नै भीषण विमान दुर्घटना, ७६ खेलाडीको मृत्यु

जहाजको भग्नावशेष । तस्विरः एपी

जहाजको भग्नावशेष । तस्विरः एपी

मोन्टेभिडियो, १४ मङ्सिर । ब्राजिलको फुटबल क्लबका खेलाडीहरू सवार एक विमान कोलम्बियामा दुर्घटनामा हुँदा ७६ जना खेलाडीको मृत्यु भएको छ । खेलको इतिहासमा नै यो भीषण घटना रूपमा लिइएको छ ।

यसअघि भएका विमान दुर्घटनामा यति घेरै सङ्ख्या खेलाडी मारिएका तथ्याङ्क हालसम्म प्राप्त भएको छैन ।

फुटबल खेलाडीहरूको टोली लिएर चार्टरगरी गइरहको सो विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको हो ।

यद्यपि दुर्घटनाग्रस्त यस विमानबाट उद्धारकर्ताहरूको टोलीले छ व्यक्तिलाई जीवितै उद्धार गरेको कोलम्बियाली अधिकारीकर्ताहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री