तिमीलाई भेटेपछि खुशी मनमा बढ्न थाल्यो

14141581_1284503061583461_1831439233921627362_n
तिमीलाई भेटेपछि खुशी मनमा बढ्न थाल्यो
नबुनेका सपनाहरु आंखाभरि आउन थाल्यो

झरीपछि खुलेको आकाश झैं तिम्रो मुहार
डाह गर्छ तिमीलाई देखेर सोर्ह श्रृंगार
चिसो चिसो बतासले तिम्रै सुवास ल्यायो
तिमीलाई भेटेपछि खुशी मनमा बढ्न थाल्यो
चिसो चिसो मौसममा पनि तिम्रो सुवास चल्न थाल्यो

कल्पनामा कोरको चित्र आज बोल्न थाल्यो
तिम्रो नाममा के छ कुन्नी ढड्कन बढ्छ मेरो
तिमीसंगै नाता जोड्ने मनले निधो गर्यो
तिमीलाई भेटेपछि खुशी मनमा बढ्न थाल्यो

हाल लन्डन (यूकेमा छायांकन भइरहेको ह्याप्पी डेज फिल्म छायांकनका क्रममा रचित)

प्रतिक्रिया

सम्बन्धित सामाग्री