स्वर्गीय पत्रकार बोहोराको परिवारलाई सहयोग गर्न जुटे पत्रकारहरु

15171142_10211170683081334_1863636116699093537_n
लन्डन । दुई दशकदेखि सुदूरपश्चिमलाई आफ्नो कर्मथलो बनाउँदै आएका पत्रकार स्वर्गीय कर्ण बोहोराको परिवारको सहयोगार्थ बेलायतका पत्रकारहरु जुटेका छन् । नेपाल पत्रकार महासंघ, बेलायतले आर्थिक संकलन अभियान शुरु गरेको हो ।

मृगौला पीडित श्रीमतीको उपचारका लागि काठमाडौँ आएका बेला २०७३ मंसिर १० गते ३८ वर्षको उमेरमा बोहोराको भेनस अस्पतालमा निधन भएको थियो । उनको निधनबाट उनकी मृगौला पीडित ३७ वर्षीया पत्नी पत्रकार ममता बोहोराको जीवन अन्यौलमा छ भने ७२ वर्षीय आमा र चार नाबालक भतिजाभतिजीको सहारा गुमेको छ ।

बोहोरा जन्मिनु तीन महिनाअघि नै उनको पिताको निधन भइसकेको थियो भने दाजु भाउजु दुवैको असामयिक मृत्युपछि चारजना भतिजा भतिजीको पालनपोषणको जिम्मा उनैले लिएका थिए । उनी आफैँ पनि मुटुरोगबाट पीडित थिए । उनको दाहसंस्कारका बेला पशुपति आर्यघाटमा उनकी वयोवृद्ध आमाको वियोगान्त तस्वीरले सबैलाई मर्माहत बनाएको थियो ।

नेपाल पत्रकार महासंघले पनि आर्थिक संकलन अभियान शुरु गरेको छ । उनका परिवारजन र हितैषीहरुले देशविदेशबाट सक्दो सहयोग गर्न अनुरोध गरेको र पत्रकार दम्पत्तीमाथि आइलागेको यस्तो महाविपत्तिमा सकेको सहयोग गर्नु मानवीय दायित्व ठानी नेपाल पत्रकार महासंघ यूकेले सहयोग संकलन शुरु गरेको अध्यक्ष नरेश खपांगीमगरले जनाए ।

सहयोगका लागि नेपाल पत्रकार महासंघ यूकेको निम्न बैँक खातामा सहयोग जम्मा गरिदिन महासंघले सबै सहयोगी दयालु महानुभावहरुमा विनम्र अनुरोध गरेको छ ।

बैंक विवरण
FNJ UK
A/C 13299961
sort code 20-16-99
Barclays Bank
Reference : Please put your name

प्रतिक्रिया

सम्बन्धित सामाग्री