कलाकार कवि अर्जुन खालिङलाई मरणाेपरान्त पहिचान पुरस्कार

 

arjun

लण्डन । चित्रकला र कवितामा कलम चलाउँदै आएका स्वर्गीय अर्जुन खालिङको कविता संग्रह ‘गोयाङको सुगन्ध’ लाई २ लाख २ हजार २ रुपैयाँ राशीको “पहिचान पुरस्कार” प्रदान गरिने भएको छ ।
पहिचान पुरस्कार कोषका तर्फबाट काङमाङ नरेश राईले एक प्रेस वक्तब्य गर्दै सो जानकारी दिएका छन् ।
वि.सं. २०३३ साल भदौ २५ गते सोलुखुम्बुको जुभिङ गाविसमा जन्मिएका कवि तथा कलाकार खालिङको केही साताअघि मात्र निधन भएको थियो ।

२०५८ सालमा स्नातक तहको फाईन–आर्ट विषयमा उनी गोल्डमेडल विजेता थिए । खालिङका दुईवटा कविता संग्रह ‘सूर्य निरन्तर डडिरहेछ’ र ‘गोयाङको सुगन्ध’ प्रकाशित छन् । उनले चिण्डो बुक्स्, चिण्डो फेशनका प्रमुख र किरात राई लेखक संघमा अध्यक्षको कार्यभार  सम्हालिसकेका थिए । कला, साहित्य र सामाजिक सेवामा निरन्तर काम गरिरहेका खालिङले किरात राईको मुन्धुमी कथाका एक पात्र हेत्छाकुप्पा/रैछाकुले/ खोक्चिलीपाको चित्र कोरेका थिए । ती चित्रहरुलाई खोटाङमा रहेको तायाचुङ जायाजुङ डाँडामा किरात राई यायोक्खाले प्रतिमाको रुपमा राख्ने भएको छ ।

arjun-book

खालिङका कविता संग्रह “गोयाङको सुगन्ध” ले पहिचान प्रात्तीको लागि संघर्ष गरेको बक्तब्यमा बताइएको छ । उनी स्वयम पहिचान प्राप्तिको लागि हरेक क्षेत्रबाट निरन्तर संघर्ष गरिरहेकाले उनलाई पहिचान पुरस्कार प्रदान गरिएको संस्थाले जानकारी दिएको छ ।

लेखनको माध्यमबाट पहिचानको मुद्दालाई जीवन्तता दिन नेपाली साहित्य, संस्कृति र कलामा पहिचान सम्बन्धमा लेखिएका पुस्तकलाई सम्मान र पुरस्कृत गर्दै ‘पहिचान पुरस्कार’ को घोषणा सन् २०१५ मा गरिएको हो ।

 

नेपाली साहित्यको श्रीबृद्धिको लागि पहिचान सम्बन्धि अध्यान अनुसन्धान हुने, पहिचान सम्बन्धि लेखन सक्रिय बनाउँदै जाने र नेपाली समाजमा रहेको पुरानो मनोविज्ञानलाई लेखनबाट भत्काउँदै, नयाँ बहुल समाज निर्माणको लागि पहिचान पुरस्कारको स्थापना गरिएको संस्थापक नरेश काङमाङ राईले जानकारी दिए ।

पुरस्कारको राशी २ लाख २ हजार २ रुपैयाँ  रहेकाे छ । पाँच/पाँच jर्षमा पुरस्कारकाे राशी बढाउँदै लगिने कोषले बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री